ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकाली वारि नेपाल र पारि भारतमा पूर्णागिरि मेला, दुवै देशका नागरिकको घुइँचो


एबीसी न्यूज
२५ चैत्र २०८१, मंगलबार   ६ : ५६   बजे

काठमाडौं २६ चैत । महाकाली वारि नेपाल र पारि भारत दुवै क्षेत्रमा एक महिनासम्म लाग्ने पूर्णागिरि धार्मिक मेलामा दुवै देशका दर्शनार्थीको ओइरो लागेको छ।
परापूर्वकालमा आफ्ना भक्त सिद्धबाबालाई प्रसन्न भएर पूर्णागिरिले आफ्नो र सिद्धबाबाको दर्शन गरेपछि मात्रै मनोकांक्षा पूरा हुने वरदान दिएको किंवदन्तीका कारण उक्त मेलामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको हो।

मेलाका कारण यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका(९ स्थित ब्रह्मदेव र भीमदत्त नगरपालिका(४ स्थित महेन्द्रनगर बजारमा बाक्लो भीडभाड देख्न सकिन्छ।

स्थानीयका अनुसार महेन्द्रनगर र ब्रह्मदेवमा दैनिक १० हजार हाराहारीमा दर्शनार्थी आइरहेका छन्। हरेक वर्ष फागु पूर्णिमामा सुरु हुने पूर्णागिरि मेला वैशाख पूर्णिमासम्म लाग्छ।

नेपालतर्फ सिद्धबाबा मन्दिर र भारततर्फ पूर्णागिरि मन्दिरको दर्शन गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

पूर्णागिरि मेलामा नेपालका विभिन्न जिल्ला तथा भारतका उत्तराखण्ड, उत्तर प्रदेश र दिल्लीसम्मका मानिस आउने गरेका छन्।

भारत रामपुरका सुरेश खाम सिद्धबाबाको दर्शन गर्न महेन्द्रनगर आइपुगेका छन्। उनीसँगै रामपुरकै डेढ सयभन्दा बढी श्रद्धालु आएका छन्।

उनले सोमबार नेपालखबरसँग भने, ‘हामी हरेक वर्ष पूर्णागिरि माताको दर्शन गर्छौं। पूर्णागिरि पुगेपछि सिद्धबाबाको पनि दर्शन गर्नैपर्ने विश्वास छ। मनोकाँक्षा पूरा हुन्छ। त्यसैले परिवारै यहाँ आएका छौँ।’

उक्त मेलालाई दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध दर्शाउने माध्यम पनि मानिन्छ। मेलाले ब्रह्मदेव र महेन्द्रनगरमा दर्शनार्थीको भीडभाड बढे पनि व्यापार भने अपेक्षाकृत बढ्न नसकेको व्यापारीहरू बताउँछन्।

केही वर्षअघिसम्म मेला अवधिमा दुवै स्थानमा राम्रै व्यापार हुने गरेको थियो। खासगरी चिनिायाँ सामानको कारोबार बढी हुन्थ्यो।

तर अहिले चीनमा उत्पादन हुने सामान भारतमै सहजै र सस्तो उपलब्ध हुन थालेपछि व्यापार घट्दो क्रममा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu