ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक आन्दोलनले कक्षा १२ को वार्षिक परीक्षा अन्योलमा


एबीसी न्यूज
७ बैशाख २०८२, आइतबार   ११ : २९   बजे

काठमाडौं ७ बैशाख । शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरेको छ। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्ने बोर्डको तयारी छ।

तर, देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु विगत १९ दिनदेखि राजधानी काठमाडौँ केन्द्रीत आन्दोलनमा छन्। जसका कारण तोकिएको समयमा परीक्षा हुने नहुने निश्चित छैन। यसबाट विद्यार्थी र अभिभावकहरु चिन्तित भएका छन्।

राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा तीन सातादेखि दिनहुँ माइतीघरमा प्रदर्शन गरिरहेका शिक्षकले पनि परीक्षामा सहभागी नहुने तयारी गरेका छन्।

निर्णायक आन्दोलनमा रहेको दाबी गर्ने महासंघले पनि शिक्षा ऐन जारी हुने विश्वसनीय आधार नभइ आन्दोनल नरोक्ने जनाएको छ।

तर, राष्ट्रिय परीक्षा बोर्डले भने गएको शुक्रबार विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको थियो। त्यसयता बोर्ड पनि बोलेको छैन। बोर्डका अध्यक्ष महाश्रम शर्मालाई पटकपटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन।

यसबीचमा प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधि र महासंघका पदाधिकारीबीच पटकपटक वार्ता भए पनि विना निष्कर्ष सकिएका छन्। यसले पनि परीक्षाप्रतिको अन्योल बढाएको छ।

कतिपयले अब शिक्षकले आन्दोलन रोके पनि तोकिएको सयममा कक्षा १२ को परीक्षा सञ्चालनको लागि तयारी नपुग्ने बताउन थालेका छन्।

शिक्षा मन्त्रालयले पनि यस विषयमा ठोस जबाफ दिएको छैन। शिक्षा मन्त्रीका स्वकीय सचिव अशेष पोखरेलले कक्षा १२ को परीक्षाको विषयमा आज साँझसम्म ठोस निष्कर्ष आउँने बताए। ‘परीक्षा रोकिँदैन। दुईतीन दिन सर्न सक्छ,’ उनले भने, ‘कक्षा १२ को परीक्षाको विषयमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा सल्लाह हुँदैछ। आज साँझसम्म केही निष्कर्ष आउला।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

एक साता स्थगित भएको संसद बैठक आज बस्दै

सम्बन्धित

विश्वकप २०२६ : डीआर कंगोको ऐतिहासिक पुनरागमन, कोलम्बिया समूह विजेता, पोर्चुगल दोस्रो हुँदै अन्तिम ३२ मा

डीआर कंगोको ऐतिहासिक पुनरागमन, उज्बेकिस्तानमाथि ३–१ को जितसँगै अन्तिम ३२ मा; कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

मोड्रिचको कर्नरमा भ्लासिचको निर्णायक हेडर, घानामाथि २–१ को जितसँगै क्रोएसिया अन्तिम ३२ मा

बेलिङ्घम र केन चम्किए, पानामामाथि २–० को जितसँगै इङ्ग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम ३२ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu