ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल


एबीसी न्यूज
१४ असार २०८३, आइतबार   ७ : १८   बजे

काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका छन् । सो कार्यक्रममको प्रमुख आतिथ्यता भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आज असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु पनि सहभागी हुन लागेका हुन् ।

‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा ओली र प्रचण्डसँगै नेताहरु– माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस राष्ट्रिय गोष्ठीलाई पछिल्लो समय फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थितिका कारण पनि अर्थपूर्ण मानिएको छ ।

मदन भण्डारीको राजनीतिक विचार र योगदानबारे केन्द्रित उक्त कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरूले एउटै मञ्चबाट धारणा राख्ने कार्यक्रम छ ।

यसअघि १२ असारमा विराटनगरको एक कार्यक्रममा प्रचण्डले निरन्तरतामा क्रमभंगता हुन लागेको भन्दै ‘समाजवादी मोर्चामा भएकाहरूसँग छिट्टै एकता र एमालेसँग सहकार्य’ हुन लागेको अभिव्यक्ति दिएका कारण पनि आजको कार्यक्रमलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu