ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक गणना वैशाखदेखि


एबीसी न्यूज
२६ चैत्र २०७४, सोमबार   ८ : १२   बजे

 

भक्तपुर, २६ चैत ।  आउँदो वैशाखदेखि भक्तपुरमा पहिलो पटक आर्थिक गणना २०७५ शुरु हुने भएको छ । सरकारले देशभर नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने भएपछि त्यसलाई सफल पार्न भक्तपुर जिल्लाले वैशाखदेखि नै गणना शुरु गर्ने भएको हो । यसको तयारी जिल्लामा पनि तीव्र रुपमा भइरहेको छ ।

आर्थिक गणनाका लागि आवश्यक जनशक्ति तयार पार्न जिल्लामा ६१ गणक र नौ निरीक्षक छनोट भई ब्यासीस्थित वासु माविमा शुरु भएको तालीमको भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले उद्घाटन गर्नुभयो । उहाँले देशमै पहिलो पटक हुन लागेको आर्थिक गणनाले मुलुकको दिगो विकासका लागि आवश्यक पर्ने आधारभूत आर्थिक तथ्यांक प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

आर्थिक गणनाअन्तर्गत अन्य जिल्लामा जस्तै गणक सबै व्यावसायिक आर्थिक एकाई अर्थात् प्रतिष्ठान, व्यवसायस्थलमै पुगेर गणना गरिनेछ । वैशाख र जेठ महिना आर्थिक एकाईको लगत संकलन, प्रशोधन, सञ्चयन, विश्लेषण र प्रकाशन गरिने भएको छ ।

जिल्ला गणना अधिकृत सुरेन्द्र रावलले भक्तपुरमा आर्थिक गणनाका लागि ६१ गणक र नौ निरीक्षक छनोट भई तालीममा सहभागी गराइएको बताउनुभयो । आर्थिक गणनामा कुनै पनि व्यावसायिक आर्थिक एकाई नछुट्ने र नदोहोरिने गरी प्रशिक्षण दिइएको छ । वैशाखदेखि इन्टरनेट र कागजी प्रश्नावली फारमको प्रयोग गरी आर्थिक एकाईको विस्तृत विवरण संकलन गर्ने गरी आर्थिक गणना गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Military Recruitment Tactics Spark Violence and Corruption Concerns

Israeli Army Confirms Numbering of Palestinian Detainees During West Bank Raid

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

Unitree Robotics Shares Surge on Shanghai Debut as Humanoid Robot Market Heats Up

Dozens Killed in Artisanal Gold Mine Collapse Near Cameroon Border

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu