ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाउन्ने खण्डको सडक ३० वर्षसम्म टिक्ने, निर्माण कार्य अन्तिम चरणमा


abc tv news
२१ असार २०८३, आइतबार   १२ : ४८   बजे

काठमाडौं २१ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  यस खण्डमा गरिएको ढलान (कङ्क्रिटिङ) को आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालकाअनुसार दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको हो । ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेको र यदी भार नियन्त्रण हुनसके र डिजाइन अनुसारका अन्य मापदण्डहरू पालना भए ४० वर्षसम्मै ढलान टिक्ने उहाँको दाबी छ । जसले नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुने उहाँको विश्वास छ । उहाँले सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको जानकारी दिनुभयो । आगामी २० देखि ३० वर्षको सवारी चापको पूर्वानुमान (फोरकास्ट) लाई आधार मानेर दैनिक १२ देखि २० हजार सवारी साधन आवतजावत गर्दा पनि सडकमा कुनै क्षति नपुग्ने गरी यसको निर्माण गरिएको उहाँको भनाइ छ । हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिव ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको छ । सडकको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन सुचारु भइसकेको ढकालले बताउनु भयो ।
ढकालले भन्नुभयो, ‘हामीले ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेका छौँ । यदि भार नियन्त्रण भयो र डिजाइनअनुसारका अन्य मापदण्डहरू पालना भएमा यो सडक ३० देखि ४० वर्षसम्म टिक्नेछ, जसले गर्दा नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुनेछ । दैनिक १२ देखि २० हजारसम्म सवारी साधन आवतजावत गरे पनि यो सडकलाई केही असर पर्दैन । हामीले आगामी तीन दशकको ट्राफिक फोरकास्टलाई हेरेर नै यो संरचना तयार गरेका हौँ ।’ 
कालोपत्रे गर्दा सडक छिटो बिग्रने र सर्वसाधारणले निरन्तर सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलाईको विकल्प रोजेको हो । यससँगै दाउन्ने खण्डमा वर्षेनी हुने सडक अवरोध र मर्मतको समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास सरकारले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा सरकारमाथि प्रश्नको वर्षा: प्रधानमन्त्रीको सम्पत्तिदेखि कर्णाली दुर्घटनासम्म जवाफ माग, सभामुखद्वारा सरकारलाई निर्देशन

यातायात कार्यालय प्रमुखबाट सेवाग्राहीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक, मन्त्रालयले माग्यो विवरण

सम्बन्धित

नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न

नर्डिक खुसीबाट सिक्ने कुराहरू : किन नर्वे, स्विडेन, डेनमार्क र फिनल्यान्ड विश्वका सबैभन्दा सुखी देश बने?

सम्पत्ति विवरणको सकस : पुराना फाइल खोज्दै पूर्वप्रशासक, आयोगमा १० हजारको विवरण दर्ता

शेयर बजार घटेको घट्यै

सुनको भाउ १ हजार ४०० सय रुपैयाँले घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना: अर्थमन्त्री वाग्लेको भनाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu