ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु


एबीसी न्यूज
३२ असार २०८३, बिहिबार   १२ : ४२   बजे

काठमाडौं ३२ असार । कोसी प्रदेश सरकारमा निरन्तर रहने कि सरकारबाट बाहिरिने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसको कोसी प्रदेश कार्यदलको आकस्मिक बैठक विराटनगरमा सुरु भएको छ।

नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सत्ता साझेदारी संकटमा परेपछि प्रदेश सरकारको भावी रणनीति तय गर्न बैठक बोलाइएको हो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा विकसित नयाँ राजनीतिक समीकरणको प्रभाव कोसी प्रदेशमा पनि देखिन थालेपछि सत्ता साझेदार दलबीच तिक्तता बढेको छ।

केन्द्रबाट सरकारका विषयमा औपचारिक निर्देशन नआए पनि प्रदेशको पछिल्लो राजनीतिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले बैठक आह्वान गरेको जनाएको छ। बैठकले कोसी प्रदेश सरकारमा कांग्रेसको निरन्तरता कायम राख्ने वा सरकारबाट बाहिरिने भन्ने विषयमा स्पष्ट निर्णय गर्ने अपेक्षा गरिएको छ।

बैठकमा कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा, उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सचेतक मैयाँ श्रेष्ठ, ज्येष्ठ सदस्य गयानन्द मण्डल, महामन्त्री उमेश थापा तथा नेता अमृत अर्याल सहभागी छन्।

यद्यपि, कांग्रेसको तर्फबाट कोसी प्रदेश सरकारको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार भने बैठकमा सहभागी भएका छैनन्। उनले बैठकमा सरकारका विषयमा नभई अन्य विषयमा छलफल हुने प्रतिक्रिया दिएका छन्।

पार्टीभित्र सरकारको भविष्यबारे गम्भीर छलफल भइरहेका बेला सरकारमा सहभागी मन्त्रीहरू तत्काल सत्ता नछाड्ने पक्षमा देखिएका छन्। यसले पार्टी संगठन र सरकारमा रहेका मन्त्रीहरूबीच मतभेद देखिएको छ।

हाल कोसी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्।

आजको बैठकबाट हुने निर्णयले एमाले नेतृत्वको कोसी प्रदेश सरकारको भविष्य मात्र होइन, प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावनालाई समेत प्रभावित पार्न सक्ने राजनीतिक वृत्तको आकलन छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

सम्बन्धित

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

उच्च अदालत जनकपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट, पुराना मुद्दाको संख्या शुन्यमा

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu