ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो


एबीसी न्यूज
४ श्रावण २०८३, सोमबार   ३ : ३०   बजे

काठमाडौं, ४ साउन । एक रुपैयाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाइने चर्चा भइरहेका बेला सरकारले त्यस्तो प्रस्ताव स्वीकृत नगरेको स्पष्ट भएको छ। बरु मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकले पठाएको नयाँ डिजाइन परिमार्जन गरेर नेपालको नक्सासहित पुनः प्रस्ताव पेश गर्न निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकले एक रुपैयाँको सिक्कामा हाल रहेको नेपालको नक्साको स्थानमा मुस्ताङस्थित ऐतिहासिक घार गुम्बाको चित्र राख्ने प्रस्ताव तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाएको थियो। तर मन्त्रिपरिषद्ले नक्सा हटाइएको डिजाइन स्वीकार नगरी नेपालको नक्सा पनि समावेश हुने गरी पुनः डिजाइन गर्न निर्देशन दिएको सरकारी स्रोतले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सिक्काको डिजाइन परिवर्तन गर्ने तयारी कुनै राजनीतिक उद्देश्यका लागि नभई नियमित प्रक्रियाअन्तर्गत गरिएको हो। नेपालको बौद्ध सम्पदालाई नोट तथा सिक्कामा समेट्ने उद्देश्यले घार गुम्बाको चित्र प्रस्ताव गरिएको र यसबाट पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकले सिक्काको डिजाइनसँगै धातु र तौल परिवर्तन गर्ने प्रस्ताव पनि गरेको छ। हाल पहेँलो धातुबाट बनेको एक रुपैयाँको सिक्का भविष्यमा सेतो धातुबाट उत्पादन गर्ने तयारी छ। सिक्का टक्मरी गर्न लाग्ने लागत घटाउने र तौल कम गर्ने उद्देश्यले यस्तो प्रस्ताव गरिएको जनाइएको छ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन लागू गर्नुअघि मन्त्रिपरिषद्को स्वीकृति अनिवार्य हुन्छ। मन्त्रिपरिषद्को स्वीकृतिबिना कुनै पनि नयाँ डिजाइन प्रचलनमा ल्याउन पाइँदैन।

नेपालले २०७७ सालमा संविधान संशोधन गरी लिम्पियाधुरासहितको चुच्चे नक्सालाई राष्ट्रिय निशान छापमा समावेश गरेको थियो। त्यसपछि जारी भएका एक र दुई रुपैयाँका सिक्का तथा एक सय रुपैयाँको नोटमा उक्त नक्सा समेटिएको छ।

यसैबीच, राष्ट्र बैंकले भविष्यमा टक्मरी गरिने १० रुपैयाँको सिक्काको डिजाइन पनि परिवर्तन गर्ने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार त्यसमा दैलेखको ऐतिहासिक भूर्ति देवलको चित्र राख्ने योजना रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu