ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो


एबीसी न्यूज
४ श्रावण २०८३, सोमबार   ७ : ५८   बजे

काठमाडौं, ४ साउन। राष्ट्रिय प्राथमिकतामा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना निर्माणको गति तीव्र बन्दै गएको छ। भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म फैलिएको १६ किलोमिटर सडक खण्डमा अत्याधुनिक प्रविधिबाट कालोपत्रे, अन्डरपास र ढल निर्माणको काम अघि बढिरहेको छ। तर निर्माणसँगै यात्रुले हिलो, धुलो र जोखिमपूर्ण डाइभर्सनका कारण दैनिक सास्ती पनि खेप्नुपरेको छ।

सडकको एक भागमा आधुनिक एस्फाल्ट पेभर र हेभी रोलरको प्रयोग गरी गुणस्तरीय कालोपत्रे भइरहेको छ भने अर्को भागमा ढल निर्माण अधुरो रहँदा सामान्य वर्षामै सडक हिलाम्मे बन्दै गएको छ। उचित निकासको अभावका कारण सडकमा पानी जम्ने र लेदो हुने समस्या बढेपछि यात्रु तथा चालकहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

विशेषगरी मोटरसाइकल, स्कुटर, बस तथा पानी ट्यांकर चालकहरूले हिलोयुक्त सडकमा सन्तुलन कायम गर्न कठिनाइ भोगिरहेका छन्। कतिपय स्थानमा पानीको गहिराइ अनुमान गर्न नसक्दा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको गुनासो छ।

यता आयोजनाअन्तर्गत सडक पूर्वाधार निर्माण भने उल्लेखनीय रूपमा अघि बढिरहेको छ। सडकको एकतर्फी भागमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कालोपत्रे भइरहेको छ भने स्थानीय बासिन्दा र साना सवारी साधनको सुरक्षित आवतजावतका लागि सडकमुनि कंक्रिट अन्डरपास निर्माण भइरहेको छ। पहिरोको जोखिम कम गर्न रिटेनिङ पर्खाल निर्माण तथा दीर्घकालीन ढल निकास व्यवस्थापनका लागि कंक्रिट ड्रेनेज च्यानल निर्माणको काम पनि जारी छ।

राजधानी काठमाडौंलाई पूर्वी नेपाल तथा उत्तरी नाकासँग जोड्ने मुख्य सडकका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार सम्पन्न भएपछि यात्रा सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। तर निर्माण अवधिमा प्रभावकारी ट्राफिक व्यवस्थापन, व्यवस्थित डाइभर्सन तथा हिलो–धुलो नियन्त्रणका उपाय प्रभावकारी रूपमा लागू गर्नुपर्ने माग स्थानीयवासी र यात्रुहरूले गरेका छन्।

पूर्वाधार विकासले दीर्घकालीन लाभ दिने विश्वास गरिए पनि निर्माण अवधिमा सर्वसाधारणले भोग्नुपरेको असुविधा न्यूनिकरण गर्न सम्बन्धित निकायले थप जिम्मेवारीका साथ काम गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu