ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व–पश्चिम राजमार्गमा नयाँ पहिचान : झापामा बन्दै अत्याधुनिक ‘ल्याण्डमार्क ब्रिज’


एबीसी न्यूज
४ श्रावण २०८३, सोमबार   ८ : ०१   बजे

झापा, ४ साउन। पूर्व–पश्चिम राजमार्गलाई आधुनिक र आकर्षक बनाउने लक्ष्यसहित सडक विभागले अघि सारेको ‘ल्याण्डमार्क ब्रिज’ अवधारणाअन्तर्गत झापाको रतुवा खोलामा निर्माणाधीन ५८५ मिटर लामो अत्याधुनिक पुलको ५० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको छ।

काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेका ६ वटा ठूला पुलमध्ये रतुवा पुल सबैभन्दा आकर्षक संरचनामध्ये एक मानिएको छ। कोरियाली परामर्शदाता कम्पनी सोसुङ ले डिजाइन गरेको यो पुल आधुनिक ‘आर्च स्टिल ट्रस’ प्रविधिमा आधारित रहेको छ।

काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख जगत प्रजापतीका अनुसार पुलको चौडाइ १६.५ मिटर हुनेछ। पुलमा दुई लेन सडकसँगै सर्भिस लेन र पैदलयात्रुका लागि फुटपाथको व्यवस्था गरिएको छ। संरचनालाई थप मजबुत र आकर्षक बनाउन ८७ देखि ९० मिटर लम्बाइका स्पानहरू प्रयोग गरिएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार पुल निर्माणमा प्रयोग भइरहेको ४१० र ४२० ग्रेडको उच्च गुणस्तरको स्टिल चीनबाट आयात गरिएको हो। ती स्टिल संरचनाहरू तयार गर्न निर्माण कम्पनीले मोरङको उर्लाबारीमा अत्याधुनिक ‘फ्याब्रिकेसन यार्ड’ स्थापना गरेको छ। यार्डमा कम्प्युटराइज्ड सीएनसी कटिङ र नियन्त्रित वेल्डिङ प्रविधिबाट संरचना निर्माण भइरहेको छ।

नेपालमै पहिलो पटक यति ठूलो आकारको ग्याल्भेनाइजेसन ट्याङ्क प्रयोग गरी स्टिल संरचनालाई खिया लाग्न नदिने प्रविधि अपनाइएको पनि आयोजनाले जनाएको छ। यसले पुलको दीर्घायु र गुणस्तर थप मजबुत बनाउने विश्वास गरिएको छ।

लोहेन्द्र, बक्रा र रतुवा खोलाका तीनवटा पुल एउटै प्याकेजमार्फत निर्माण भइरहेका छन्। करिब साढे ५ अर्ब रुपैयाँ लागत रहेको यस परियोजनामा कोबेक, सीआरइजिसी र तुँदी जेभीले निर्माणको जिम्मेवारी लिएका छन्। स्टिल संरचनाको काम चिनियाँ प्राविधिकले तथा प्रि–स्ट्रेस्ड कंक्रिट (पीएससी) गर्डर निर्माण नेपाली कम्पनी तुँदीले गरिरहेको छ।

सम्झौताअनुसार पुलको निर्माण सन् २०२७ फेब्रुअरी २ भित्र सम्पन्न गर्नुपर्नेछ। वर्षायाममा चीनबाट स्टिल ढुवानीमा केही कठिनाइ देखिए पनि निर्माण कार्य र आवश्यक समन्वय नियमित रूपमा अघि बढिरहेको योजना प्रमुख प्रजापतीले बताउनुभयो। विद्युतीय प्रसारण लाइन स्थानान्तरणलगायतका आवश्यक समन्वयका काम पनि सम्पन्न भइसकेका छन्।

करिब ८० वर्ष आयु हुने अनुमान गरिएको यो पुलले आगामी ५० वर्षसम्मको सवारी चाप सहज रूपमा धान्न सक्ने प्राविधिकहरूको दाबी छ। हाल सञ्चालनमा रहेको करिब ५० वर्ष पुरानो पुलको विकल्पका रूपमा निर्माण भइरहेको नयाँ पुल सञ्चालनमा आएपछि पूर्व–पश्चिम राजमार्गमा आवागमन थप सुरक्षित, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu