ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानीकर्तालाई प्रधानमन्त्रीको सन्देश : ‘त्रासमा होइन, ढुक्क भएर लगानी गर्नुहोस्’


एबीसी न्यूज
४ श्रावण २०८३, सोमबार   ८ : ०३   बजे

काठमाडौं, ४ साउन। प्रधानमन्त्री बालेन्द्र साहले पुँजीबजार सुधारका लागि लगानीकर्ताका जायज मागहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुँजीबजारका नियामक निकाय, स्टक ब्रोकर तथा लगानीकर्ताका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री साहले बजार सुधारका विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक निर्णय अघि बढाइने विश्वास दिलाउनुभएको हो।

भेटपछि स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति प्रियराज रेग्मीले सरकारले पुँजीबजार सुधारका लागि उठाइएका जायज माग कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो।

उहाँका अनुसार छलफलमा बजारलाई सन्तुलित बनाउन संस्थागत लगानीकर्ताको भूमिका विस्तार, पुँजीगत लाभकर प्रणालीमा सुधार, ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियामकीय व्यवस्था, गैरआवासीय नेपाली (एनआरएन)लाई छिटो पुँजीबजारमा प्रवेश गराउने व्यवस्था तथा स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने विषय उठाइएको थियो।

त्यसैगरी, हालको आईपीओ वितरण प्रणालीमा सुधार गर्दै १० कित्ते नीतिको पुनरावलोकन, योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रणालीलाई प्राथमिकता, इन्ट्राडे कारोबार सञ्चालन तथा बजारको तरलता र कारोबार परिमाण वृद्धि गर्ने विषयमा पनि सुझाव प्रस्तुत गरिएको रेग्मीले बताउनुभयो।

लगानीकर्ताको घाटा समायोजन (Loss Adjustment) भएपछि मात्रै पुँजीगत लाभकर लगाउने व्यवस्था लागू गर्नुपर्ने मागसमेत सरकारसमक्ष राखिएको उहाँको भनाइ छ।

रेग्मीका अनुसार प्रधानमन्त्री साहले सबै सुझावलाई सकारात्मक रूपमा लिँदै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङलगायत सम्बन्धित निकायसँग थप छलफल गरी आवश्यक सुधार कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

छलफलमा सहभागी नियामक निकायका प्रमुखहरूले पनि पुँजीबजार सुधार आवश्यक रहेकोमा सहमति जनाएकाले सुधारका एजेन्डा कार्यान्वयन हुनेमा लगानीकर्ता पक्ष आशावादी देखिएको छ।

प्रधानमन्त्री साहले लगानीकर्तालाई अनावश्यक हल्ला वा त्रासमा नपरी ढुक्क भएर लगानी गतिविधि अघि बढाउन आग्रह गर्दै पुँजीबजारलाई रोजगारी सिर्जना, उत्पादनशील लगानी विस्तार र राजस्व वृद्धि गर्ने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो।

लगानीकर्ता प्रतिनिधिहरूले प्रधानमन्त्रीको सक्रियताले पुँजीबजार सुधारको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्दै सरकारले सुधारका प्रतिबद्धतालाई व्यवहारमा उतार्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu