काठमाडौं, ५ साउन । सडकमा गुडीरहँदा आगलागी भएको बा ५ च ३०३८ को निजी कारको आगो नियन्त्रणमा आए पनि चालकस गाडीभित्रै आगलागीमा परेका छन् ।
उक्त गाडी विद्युतीय (ईभी) नभएको ट्राफिकले जनाएको छ । मंगलबार साढे ११ बजेपछि चोभारमा गुडीरहँदा एक्कासी गाडीमा आगो लागेको थियो ।
प्रत्यक्षदर्शीले तत्कालै प्रहरी र ट्राफिकलाई खबर गरेका थिए । उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ट्राफिक टोली पुग्नासाथ आगो नियन्त्रणमा आएको छ ।
गाडीको ढोका खुल्न नसकेको र भित्र धुँवा भरिएकाले अरु पनि थिएरथिएनन् यकिन भएको छैन । चालक डढेको अवस्थामा देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्