ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु


एबीसी न्यूज
९ श्रावण २०८३, शनिबार   ९ : ०५   बजे

काठमाडौं, ९ साउन । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको टांक जिल्लामा रहेको सेना र प्रहरीको संयुक्त सुरक्षा चौकीमा भएको आत्मघाती हमलामा १२ सैनिकसहित १५ जनाको मृत्यु भएको छ।

हमलापछि सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १२ जना आक्रमणकारी पनि मारिएका छन्।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स ९आईएसपीआर०का अनुसार बिहीबार राति चरमपन्थीहरूले ‘मांझी खेल’ सुरक्षा चौकीमा घुस्ने प्रयास गरेका थिए।

सुरक्षा बलले उनीहरूको पहिलो प्रयास असफल पारेपछि भागेका आक्रमणकारीलाई पछ्याएर कारबाही गर्दा १२ जना मारिएका थिए।

आईएसपीआरका अनुसार प्रारम्भिक आक्रमण असफल भएपछि चरमपन्थीहरूले विस्फोटक पदार्थले भरिएको सवारीसाधन चौकीको पर्खालमा ठोक्काएका थिए।

त्यसपछि भएको शक्तिशाली विस्फोटले चौकी पूर्ण रूपमा ध्वस्त भएको थियो।

विस्फोटमा १२ सैनिक, दुई प्रहरी र वन विभागका एक अधिकारीको मृत्यु भएको आईएसपीआरले जनाएको छ।

बिबिसीका संवाददाता अजीजुल्लाह खानका अनुसार विस्फोटले मांझी खेल चौकी पूर्ण रूपमा नष्ट भएको छ। घाइते सुरक्षाकर्मीहरूलाई तत्काल नजिकका अस्पतालमा भर्ना गरिएको छ।

घटनापछि टांक जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासनले धारा १४४ लागू गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।
आईएसपीआरका अनुसार घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा बलले खोजी तथा सर्च अभियान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu