ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड


एबीसी न्यूज
८ श्रावण २०८३, शुक्रबार   ८ : २३   बजे

काठमाडौँ, ८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकै दिनमा सत्ता उल्ट्याउन गरी लाग्न वामपन्थी शक्तिहरूलाई आग्रह गरेका छन्।

पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले प्रतिक्रान्ति अझै पूरा नभइसकेकाले त्यसलाई परास्त गर्न एकै दिनमा सत्ता उल्ट्याउने गरी लाग्नुपर्ने बताएका हुन्।त्यसो गर्न सम्भव छ भन्ने कुरा अहिले सत्तामा रहेकाहरूले सिकाइसकेको प्रचण्डको भनाइ छ।ुसदनमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने। हामी हाम्रै तरिकाले लड्ने हो तर एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ भनेर त उनीहरूले नै सिकाएका छन्, संयोजक प्रचण्डले भने। उनले त्यसका लागि सबै वामपन्थीहरूले साझा न्यूनतम कार्यक्रम बनाउने र हरेक पार्टीले आफ्नो क्षमताअनुसार राजधानी काठमाडौं र जिल्ला सदरमुकामहरूमा कार्यकर्ता ओराल्नुपर्ने बताए।ुहरेक पार्टीले आफ्नो क्षमताअनुसार ५र७ लाख मान्छे काठमाडौंमा र हरेक सदरमुकाममा एकरडेढ लाख उतारेर गर्‍यौं भने एकै दिनमा उल्ट्याउन सकिँदैन तरु, उनले भने।

यताबाट किन नसोच्ने ? सबैले सोच्नुपर्‍यो, नत्र बर्बाद हुन सक्छ। किनभने प्रतिक्रान्तिको प्रक्रिया पूरा भएको छैन। उनीहरू पनि पूरा गर्ने तयारीमा छन्, उनले अगाडि भने।तर सरकार गिराउने र बनाउने खेलमा फेरि लागियो भने अर्को प्रतिक्रान्तिमा उठ्नै नसक्ने गरी थेचारिने उनले बताए।

ुत्यसकारण समय छ। यो नै समय हो। हामीले राम्रोसँग एकताबद्ध गर्ने। ठुल्ठूला गफ छाडिदिऔं। अब एक्सनमा जाऔं त्यो सम्भव छ। सम्भव बनाउनै पर्नेछ, उनले भने।संयोजक प्रचण्डले अहिले नै पार्टी एउटै हुने सम्भावना भने नरहेको बताए। त्यता लागेर टाउको नदुखाऔं। पार्टी एक बनाउँछौं भन्यो फेरि झगडा सुरू भइहाल्छ। तर सहकार्य र कार्यगत एकता तत्काल आवश्यक छ। अहिले नै आजै, भोलि। त्यसमा ढिलो गर्नुपर्ने कारण छैन। इमानदार सहकार्य भयो भने पार्टी एउटै पनि त्यहीँबाट बन्छ, उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

सम्बन्धित

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्यो– आइजिपी कार्की

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu