ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते


एबीसी न्यूज
९ श्रावण २०८३, शनिबार   ९ : ०८   बजे

काठमाडौं, ९ साउन । काठमाडौँको महाराजगन्जस्थित प्रहरी वृत्त अगाडि शुक्रबार साँझ भएको सवारी दुर्घटनामा परेर इभी (विद्युतीय) माइक्रो बसका चालकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज साँझ करिब ७ः१५ बजेको समयमा बसुन्धरा चोकबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको इभी माइक्रोले सोही दिशातर्फ गुडिरहेका अन्य सवारी साधनहरूलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका माइक्रो चालक लमजुङको सिङ्दी गाउँपालिका वडा नं। ५ घर भई हाल काठमाडौँको कपन बस्ने ५६ वर्षीय रामकृष्ण हवाललाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा चिकित्सकहरूले राती ८ः१० बजे मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये ५ जनाको त्रिवि शिक्षण अस्पताल र १ जनाको मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा बा प्र ०२ ०५६ प ६३५५ नम्बरको इभी स्कुटीका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं। ६ घर भई हाल कपन बस्ने ३७ वर्षीय सरोज ढुङ्गाना र स्कुटीको पछाडि सवार उनकी श्रीमती ३५ वर्षीया विनिता ढकाल रहेका छन् ।

उनीहरूमध्ये सरोजको आँखामा र विनिताको दायाँ खुट्टा तथा बायाँ कानमा चोट लागेको छ र दुवैको अवस्था सामान्य रहेको छ । यसैगरी बा ५५ प १०७८ नम्बरको मोटरसाइकलका चालक उदयपुर घर भई हाल धुम्बाराही बस्ने ३३ वर्षीय सूर्य मगर र मोटरसाइकलको पछाडि सवार ६१ वर्षीय ज्ञानबहादुर सुनुवार पनि घाइते भएका छन् । सूर्यको दायाँ कुइनो र कम्मरमा तथा ज्ञानबहादुरको बायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ भने दुवैको अवस्था सामान्य रहेको छ ।

यस्तै, बा ४ ख ७८२४ नम्बरको बसमा सवार यात्रु कालिकोट घर भई हाल कपन बस्ने ३५ वर्षीय गणेशबहादुर शाही पनि घाइते भएका छन् । उनको कानमा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ । बा प्र ०१–००२ ज ९५०२ नम्बरको ट्याक्सीमा सवार यात्रु टोखा नगरपालिका वडा नं। ६ बस्ने ४४ वर्षीया पूर्ण गिरीको टाउकोमा चोट लागेको छ । मध्यम अवस्थामा रहेका गिरीको भने मेट्रो अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते सबैको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा आएको माइक्रोको ठक्करबाट सडकमा गुडिरहेका १० वटा सवारी साधनहरूमा क्षति पुगेको छ । ठक्कर दिने माइक्रोको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ । यसैगरी बा ४ ख ७८२४ नम्बरको भाडाको बस, बा १ य २२८६ नम्बरको विद्युत् कार्यालय बसुन्धराको टाटा बस, बा प्र ०२ ०५६ प ६३५५ नम्बरको इभी स्कुटी र बा ५५ प १०७८ नम्बरको मोटरसाइकलको पछाडिको भागमा क्षति पुगेको छ ।

दुर्घटनामा बा ७१ प २९६९ र बा ६४ प ३३११ नम्बरका मोटरसाइकलहरूमा पनि क्षति पुगेको छ भने बा २ ज २२०७ नम्बरको ट्याक्सी, बा प्र ०१–००२ ज ९५०२ नम्बरको ट्याक्सी र बा प्र ०१–०३४ च ८८६४ नम्बरको इभी माइक्रोको पछाडिको भागमा क्षति पुगेको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu