ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पामा भाइरल भएका ३ बालिकालाई उच्च शिक्षासम्म निःशुल्क


एबीसी न्यूज
९ श्रावण २०८३, शनिबार   ९ : २७   बजे

काठमाडौं, ९ साउन । रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म निस्शुल्क अध्ययन गर्न पाउने भएका छन्।

पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई स्थानीय बोर्डिङ स्कुल र गाउँपालिकाले निस्शुल्क पढाउने प्रतिवद्धता गरेका हुन् ।अहिले सियाँ ३ वर्षकी छन् भने दुई मनजीता ५ र ६ वर्षका छन् ।

रुन्टीगढी गाउँपालिका–४ टोलबाङका उनीहरुलाई सुर्पाल बजारमै रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा, नर्सरी, एलकेजी र एक कक्षामा अध्ययनरत छन् । उनीहरुलाई हाल पढेरहेकै विद्यालयले कक्षा–६ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छ । कक्षा(७ देखि उच्च शिक्षा ९स्नातक०सम्म भने रुन्टिगढी गाउँपालिकाले अध्ययन गराउने प्रतिबद्धता जनाएको छ ।

समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा शुक्रबार रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल तेजबहादुर पुन र भिडियो खिच्ने लोकेन पुनलगायतका व्यक्ति ती बच्चाहरुको घरमा पुगेका थिए ।तीनै बालिकाका बुवाहरू रोजगारीका सिलसिलामा विदेश रहेका छन् । दुई जना एकै घरका हुन् भने एक जना छिमेकी हुन् । घरमा पुगेर तीनैजना बालिकाका आमाहरूसँग उच्च शिक्षासम्म निस्शुल्क अध्ययन गर्न पाउने सहमति भएको समाजसेवी तथा पत्रकार भुवन थापाले जानकारी दिए ।

‘हामी हिजो तीनै बालिकाको घरमा अभिभावक भेट्न स्थानीय सरकारका प्रमुख, बोर्डिङका प्रिन्सिपल र भिडियो भाइरल गराउने व्यक्ति लगायत घरमा पुगेका थियौं र घरमा गएर उच्च शिक्षासम्म निस्शुल्क पढाउने सहमति भयो‘, पत्रकार थापाले भने । सहमति अनुसार सम्बन्धित एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कूलले कक्षा ६ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउनेछ । ‘हामीले यी तीन बच्चालाई कक्षा–६ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने हाम्रो प्रतिवद्धता भयो’, एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल तेजबहादुर पुनले भने ।

कक्षा–७ देखि उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी गाउँपालिकाले लिने रुन्टिगढी गाउँपालिकाका अध्यक्ष प्रमुख जनक पुनले बताए । ‘उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी हाम्रो रहन्छ यो मेरो प्रतिबद्धता हो,’गाउँपालिका अध्यक्ष पुनले भने। पानी परिरहेको मौसममा रेनकोट ओढेर उकालो हिँडिरहेका तीन जना बच्चाहरुको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा गुलाफी, हरियो र पहेँलो रेनकोट ओढेका एकनासका देखिने बच्चाहरु आफ्नै सुरमा उकालो बाटो हिँडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

सम्बन्धित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

महाराजगन्ज दुर्घटना अपडेटः ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढेको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाको चिन्ता

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu