सिरहा । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका गणेश यादवको शव गाउँ पुर्याइएको छ । अस्पतालमा पोस्टमार्टमपछि शनिबार (साउन १६) साँझ करिब साढे ६ बजे हेलिकोप्टरमार्फत उनको शव औरही गाउँपालिका–२, तुलसियाही गाउँमा ल्याइएको हो ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत ल्याइएको शव परिवारले एम्बुलेन्समा राखेर घर लगेका छन् । घरमा हिन्दु परम्पराअनुसार दाहसंस्कारपूर्वका विधि पूरा गरेपछि शव गागन खोलाको किनारमा अन्तिम संस्कारका निम्ति लैजाने तयारी छ ।
बिहीबार (साउन १४) गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर गणेशको मृत्यु भएको थियो । घटनापछि शुक्रबार (साउन १५) राति गृहमन्त्री सुधन गुरुङ मृतकको घर तुलसियाही पुगेर परिवारसँग सातबुँदे सहमति गरेका थिए ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्