काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा निधन भएका रवीन्द्र मेहताका परिवारबिच वार्ता सुरु भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मृतकका परिवारबिच वार्ता भएको हो ।
साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते हुनुभएका २२ वर्षीय मेहताको शिक्षण अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको हो।
यसअघि आजै गृहमन्त्री गुरुङले गृहमन्त्रालयमा हिन्दु र मुस्लिम समुदायका प्रतिनिधि तथा नेतासँग छुट्टाछुट्टै भेटघाट एवं छलफल गर्नुभएको थियो। छलफलका क्रममा पछिल्लो समय मुलुकका विभिन्न भागमा देखिएका असमझदारी, विवाद, शान्ति सुरक्षा र सामाजिक सद्भावका विषयमा विचार–विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
Originally published on abcnews.com.np.















प्रतिक्रिया दिनुहोस्