ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३१   बजे

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही **निर्मल पुर्जा ‘निम्स दाइ’**को अन्तिम बिदाइ बेलायतमा गरिने भएको छ। उहाँको परिवार लन्डनमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि उतै गरिने परिवारले जनाएको छ।

गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी १० सदस्यीय आरोही टोलीको नेतृत्व गरिरहेका पुर्जाको निधन भएको थियो। उहाँको शव साउन १७ गते पहिचान भए पनि प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण बुधबार मात्रै उद्धार गरी बेसक्याम्पमा ल्याउन सफल भएको उहाँको कम्पनी एलिट एक्सपिडिसनले जनाएको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार पुर्जासँगै हिमपहिरोमा ज्यान गुमाएका निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव पनि उद्धार गरी सुरक्षित रूपमा बेसक्याम्पमा ल्याइएको छ। ती शव शुक्रबार राति वा शनिबारसम्म लन्डन पुर्‍याउने तयारी गरिएको छ।

निर्मल पुर्जाका दाजु कमलबहादुर पुर्जाका अनुसार लन्डनमा कानुनी तथा धार्मिक प्रक्रिया पूरा गरी अन्त्येष्टि सम्पन्न गरिनेछ। त्यसपछि जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना तथा उहाँको बाल्यकाल बितेको चितवनमा पनि स्मृतिसम्बन्धी कार्यक्रम आयोजना गरिने योजना रहेको छ।

शव उद्धार अभियानमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, ब्रिटिस हाइ कमिसन, गिल्गिट–बाल्टिस्तान सरकार, नेपाल दूतावास तथा अल्पाइन क्लब अफ पाकिस्तानले सहयोग गरेका थिए।

निर्मल पुर्जा बेलायती सेनाको क्विन्स गोर्खा इन्जिनियर्समा सेवा गरेपछि विश्व पर्वतारोहण क्षेत्रमा स्थापित भएका थिए। सन् २०१९ मा अतिरिक्त अक्सिजनको प्रयोग नगरी ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल सबैभन्दा छोटो समयमा आरोहण गर्दै उहाँले विश्व कीर्तिमान कायम गरेका थिए। पर्वतारोहण र उद्धार क्षेत्रमा योगदानका लागि उहाँ बेलायती महारानीबाट एमबीई (Member of the Order of the British Empire)सम्मान प्राप्त गर्ने पहिलो नेपाली पनि हुनुहुन्थ्यो।

केटु हिमालसहितका साहसिक आरोहण उपलब्धिका कारण उहाँको नाममा १८ वटा गिनिज वर्ल्ड रेकर्ड दर्ता छन्। उहाँको निधनले नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले एक प्रेरणादायी व्यक्तित्व गुमाएको प्रतिक्रिया दिइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

‘टिएमजे’ क्षेत्र ढकमक्क बन्यो

‘कोशीमा बिहार उत्सव’ चैत २६ देखि

‘निजी क्षेत्रमैत्री बनोस् पर्यटन बोर्ड’– महिला पर्यटन व्यवसायीको आग्रह

ब्रोड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव आधारशिविरमा ल्याइयो

४३ वर्षदेखि ‘पर्खाइ’मै ढोरपाटन : करोडौँ राजस्व काठमाडौं पुग्छ, स्थानीय भने लाभबाट वञ्चित

मर्दी हिमाल पदयात्रामा गएका तीन युवा जंगलमा अलपत्र, उद्धार अभियान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu