ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मर्दी हिमाल पदयात्रामा गएका तीन युवा जंगलमा अलपत्र, उद्धार अभियान जारी


ABC NEWS
२१ श्रावण २०८३, बिहिबार   ९ : ३२   बजे

 

पोखरा । कास्कीको प्रसिद्ध मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन जना युवा जंगलमा अलपत्र परेका छन्। उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ को बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन भएपछि नेपाल प्रहरीले खोजी तथा उद्धार अभियान तीव्र बनाएको छ।

अलपत्र पर्नेमा पोखरा महानगरपालिका–१४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ रहेका छन्। प्रहरीका अनुसार उनीहरू आज बिहान करिब ८ बजेसम्म परिवारसँग सम्पर्कमा थिए। त्यसपछि उनीहरूको मोबाइल फोन बन्द भएपछि सम्पर्क टुटेको हो।

युवाहरू हराएको सूचना बिहान ११ बजे प्राप्त भएपछि स्थानीय होटल व्यवसायी प्रेम अधिकारीसहित चार जनाको टोलीले प्रारम्भिक खोजी सुरु गरेको थियो।

घटनाबारे थप जानकारी संकलन तथा खोजीका लागि भेँडावारी प्रहरी पोस्टबाट प्रहरी हवल्दार जीवन बरालको नेतृत्वमा दुई सदस्यीय टोली परिचालन गरिएको थियो। स्थानीय बासिन्दा र बेपत्ता युवाका आफन्तसँग समन्वय भइरहेका बेला आज दिउँसो करिब २ बजे उनीहरू अन्नपूर्ण गाउँपालिका–११ अन्तर्गत छुमरुङको फेदीस्थित मोदी खोलापारिको क्षेत्रमा रहेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।

उक्त सूचनापछि प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा थप दुई सदस्यीय टोली घटनास्थलतर्फ खटिएको छ।

प्रहरीका अनुसार युवाहरू रहेको भनिएको स्थानमा पुगेर उद्धार गर्ने प्रयास भइरहेको छ। उद्धार अभियानमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलको टोली पनि परिचालित भएको छ।

प्रहरीले मौसम र भौगोलिक कठिनाइका बीच उद्धार कार्य जारी रहेको जनाएको छ। युवाहरूको अवस्था र उद्धारबारे थप विवरण आउन बाँकी रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

‘निजी क्षेत्रमैत्री बनोस् पर्यटन बोर्ड’– महिला पर्यटन व्यवसायीको आग्रह

ब्रोड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव आधारशिविरमा ल्याइयो

४३ वर्षदेखि ‘पर्खाइ’मै ढोरपाटन : करोडौँ राजस्व काठमाडौं पुग्छ, स्थानीय भने लाभबाट वञ्चित

 पुस्तकमा चर्चित, यात्रुका लागि अझै ओझेलमा ‘भालेबास्ने ताल’

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

काठमाडौंको ट्राफिक सुधार्न २०५० सम्मको गुरुयोजना सार्वजनिक, अन्डरपासदेखि आकासे राजमार्गसम्म प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu