ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुमतको अहंकारले सरकारलाई शासकीय अराजकतामा पुर्यायो : गगन थापा


ABC NEWS
२३ श्रावण २०८३, शनिबार   १ : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार ‘शासकीय अराजकता’ तर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैली, कानुन कार्यान्वयन र आन्दोलनरत पक्षसँग भएका सम्झौता कार्यान्वयनमा गम्भीर प्रश्न उठाएका हुन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले लोकतन्त्रको मूल आधार विधिको शासन भएको उल्लेख गर्दै कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताए । मन्त्री र सांसदहरूबाटै उत्तेजक तथा धम्कीपूर्ण अभिव्यक्ति आउनु विधिको शासनमाथिको चुनौती भएको उनको भनाइ थियो ।

उनले विभिन्न माग राखेर आन्दोलनरत लघुवित्त तथा सहकारी पीडित, शिक्षक, नर्स र चिकित्सकसँग सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए । सरकारले आफ्नै प्रतिबद्धता पूरा नगर्दा नागरिकको राज्यप्रतिको भरोसा कमजोर बन्दै गएको उनले बताए ।

थापाले वर्तमान सरकारमा बहुमतको अहंकार देखिएको आरोप लगाउँदै प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि प्रश्न उठाए । मन्त्रीहरूविना बैठक बस्ने र राज्यका महत्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गर्ने प्रवृत्तिले शासकीय अराजकता बढाएको उनको दाबी थियो ।

उनले अहिले नागरिकमा सरकारप्रति व्यापक असन्तुष्टि रहेको उल्लेख गर्दै नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै आन्दोलनलाई उक्साउने नभई सरकारलाई आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिने बताए ।

सभापति थापाले कांग्रेसको मूल आदर्श नै विधिको शासन र लोकतान्त्रिक मूल्यको रक्षा भएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा जनताको भरोसा कायम राख्ने र लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

‘सामाजिक सञ्जालको सरकार’ र संकटमा परिरहेको सञ्चार क्षेत्र : बालेन युगले उठाएका गम्भीर प्रश्नहरू

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Typhoon Dolphin Hits Japan and Heads Toward Eastern China

US Courts Clear Way for Deportations of South Sudan and Myanmar Nationals

Rahul Gandhi Arrives in Prayagraj for Student Outreach Campaign

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

‘सामाजिक सञ्जालको सरकार’ र संकटमा परिरहेको सञ्चार क्षेत्र : बालेन युगले उठाएका गम्भीर प्रश्नहरू

राप्रपा अध्यक्ष लिङ्देनको सन्देश : ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा मेरो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu