ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहितको मुद्दामा अख्तियारका साक्षी झिकाउन आदेश


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ४ : ०५   बजे

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा सहसंयोजक माधवकुमार नेपालसहित प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका साक्षी झिकाउने आदेश दिएको छ।

विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मंगलबार सुनुवाइपछि सरकारी पक्षका साक्षी उपस्थित गराउने आदेश भएको हो। अब अख्तियारका साक्षी उपस्थित भएपछि मुद्दाको थप सुनुवाइ अघि बढ्नेछ।

यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियारले माधवकुमार नेपाललगायत व्यक्तिमाथि अनुसन्धान गरी तामेलीमा राख्ने निर्णयसँग सम्बन्धित फाइल झिकाउन आदेश दिएको थियो। अदालतको आदेशअनुसार अख्तियारबाट २०६९ मंसिर २५ मा भएको निर्णयसहितको फाइलसमेत अदालतमा प्राप्त भइसकेको छ।

अख्तियारले पतञ्जलि योगपीठको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर २०८२ जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजायको मागदाबी गरेको छ।

अख्तियारका अनुसार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गते गरेको निर्णयबाट पतञ्जलिलाई जग्गाको हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिइएको थियो। सोही निर्णय प्रक्रियामा भ्रष्टाचार भएको दाबी अख्तियारको छ।

प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको आरोप लगाइएको छ।

अब सरकारी तथा प्रतिवादी पक्षका साक्षीको बकपत्रपछि मुद्दा अन्तिम सुनुवाइतर्फ अघि बढ्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी र सिरहा प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शेखर गोल्छासँग विशेष अदालतले माग्यो एक करोड धरौटी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

BJP Spokesperson Criticizes Congress MP Over Concerns About Full ‘Vande Mataram’ Rendition

DR Congo Ebola Death Toll Surpasses 2,000 Amid Rapidly Escalating Outbreak

East Libyan Military Intelligence Chief Killed In Car Bombing

India’s Top Run-Scorers Ahead of Sri Lanka Test Tour

Madhya Pradesh Chief Minister Criticizes Rahul Gandhi Over Parliamentary Disruptions

काठमाडौंमा पोर्चुगलको काउन्सिलर कार्यालय खोल्न सरकारको सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu