भक्तपुर । भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार होल्डिङ सेन्टरमै ५७ वर्षीय हिरालाल पासवान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी एवं प्रवक्ता दीपककुमार कार्कीका अनुसार पासवान यसअघि थापाथलीस्थित सुकुम्बासी बस्तीमा परिवारसहित बस्दै आएका थिए। सरकारले उक्त बस्तीका टहरा भत्काएपछि उनी पछिल्लो समय बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए।
पासवान श्रीमती, छोरा, बुहारी तथा नातिनातिनीसहित होल्डिङ सेन्टरमा बस्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा आवश्यक मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ। शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको र पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारणबारे थप स्पष्ट हुने प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्