ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरान युद्धका कारण अमेरिकी युद्धपोतका सैनिकमा बढ्दो मानसिक दबाब


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ५ : ३५   बजे

काठमाडौं । इरानविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको लामो सैन्य अभियानका कारण अमेरिकी सैनिकहरू गम्भीर मानसिक दबाबमा परेको रिपोर्ट सार्वजनिक भएको छ ।

‘मिलिटरी टाइम्स’का अनुसार फाइटर जेट बोक्ने अमेरिकी विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकनमा तैनाथ करिब पाँच हजार नौसैनिक र मरिन्सका परिवारले लामो समयदेखि समुद्रमै रहनुपरेको, कमजोर सुविधा र पटक–पटक तैनाथी लम्ब्याइएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

रिपोर्टअनुसार जहाजमा केही सैनिकले आत्महत्या गर्ने प्रयाससमेत गरेका छन् ।

‘यूएसएस अब्राहम लिंकन’ नौ महिनादेखि निरन्तर समुद्रमा रहेको छ । यस अवधिमा जहाज लगातार २५० दिनसम्म जमिनमा नआई समुद्रमै रहेको बताइएको छ ।

लामो तैनाथीका कारण सैनिकहरू मानसिक रूपमा थकित हुँदै गएको परिवारका सदस्यहरूले बताएका छन् । गत बिहीबार स्यान डिएगोमा आयोजित बैठकमा करिब २०० सैनिकका परिवारका सदस्यले नौसेनाका वरिष्ठ अधिकारीहरूसामु जहाजमा बढ्दै गएको संकटबारे प्रश्न गरेका थिए ।

सैनिक परिवारको चिन्ता

एक सैनिककी पत्नीले कार्यवाहक नौसेना सचिव हङ काओलाई उनका श्रीमान्ले सोही दिन पठाएको सन्देशबारे जानकारी गराएकी थिइन् । उनका श्रीमान्ले सन्देशमा आफू भोलि बिहान उठ्न नपरोस् भन्ने आशय व्यक्त गरेको उनले बताइन् ।

अर्का परिवारका सदस्यले नौसेना नेतृत्वले परिवार र नेतृत्वबीचको विश्वास तोडेको आरोप लगाए ।

‘मिलिटरी टाइम्स’सँग कुरा गर्दै नौसेना परिवारकी सदस्य अनाबेल लोमाले आफ्ना श्रीमान्ले पटक–पटक तैनाथी लम्ब्याइएपछि समुद्रमा फाल हान्ने प्रयास गरेको बताइन् ।

उनका अनुसार श्रीमान् मानसिक र शारीरिक रूपमा पूर्ण रूपमा थाकिसकेका छन् र आफ्नो १३ वर्ष लामो सैन्य करिअरसमेत जोखिममा परेको महसुस गरिरहेका छन् ।

अर्को घटनामा एक नौसैनिककी श्रीमतीले उनका श्रीमान्ले आफ्ना साथीलाई समुद्रमा फाल हान्नबाट रोकेको बताइन् । ती नौसैनिकले साथीलाई समातेर पुनः जहाजको डेकमा तानेका थिए ।

यी घटनाले लामो समयसम्मको तैनाथीले केही सैनिकलाई उनीहरूको सहनशीलताको सीमासम्म पुर्‍याइरहेको चिन्ता बढाएको छ ।

नौ महिनादेखि समुद्रमै युद्धपोत

‘यूएसएस अब्राहम लिंकन’ नोभेम्बर २१ मा स्यान डिएगोबाट रवाना भएको थियो । सुरुमा यसलाई प्रशान्त महासागरतर्फ पठाउने योजना थियो ।

तर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि युद्धपोतलाई मध्यपूर्वतर्फ पठाइएको थियो । त्यसयता सैनिकहरूले जमिनमा निकै कम समय बिताउन पाएका छन् ।

‘एमएस नाउ’का अनुसार पाँच हजारभन्दा बढी नौसैनिक र मरिन्सले अहिलेसम्म जम्मा दुई दिन मात्र जमिनमा बिताउने अवसर पाएका छन् । उनीहरू एकपटक डिसेम्बरमा गुआम र अर्को पटक जुलाईमा ओमानमा रोकिएका थिए ।

युद्धपोतको तैनाथी यसअघि मे महिनामा सकिने तय थियो । तर युद्ध जारी रहेपछि तैनाथी पटक–पटक लम्ब्याइएको हो ।

आधारभूत सुविधामै गुनासो

लामो तैनाथीका कारण उत्पन्न मानसिक तनावसँगै युद्धपोतका आधारभूत सुविधालाई लिएर पनि सैनिक र परिवारबाट गुनासा आएका छन् ।

क्यालिफोर्नियाका डेमोक्र्याट सांसद माइक लेभिनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जहाजमा सैनिकहरूले सामना गरिरहेका समस्याबारे जानकारी दिएका छन् ।

उनले ढुसी लागेका सावर, बिग्रिएका शौचालय, हप्तौँदेखि बन्द वासिङ मेसिन, लामो समयसम्म तातो पानी नआउनु तथा पर्याप्त खाना नपाइनजस्ता समस्या रहेको दाबी गरेका छन् ।

लेभिनका अनुसार सैनिकले कतिपय अवस्थामा आधा कप चामल र दुईवटा टोर्टिला मात्र खाना पाएको तथा साबुन, डियोडोरेन्ट र मञ्जनसमेत पर्याप्त नभएको गुनासो गरेका छन् ।

यसअघि अप्रिलमा पनि जहाजमा उपलब्ध खाना कम परिमाणको र गुणस्तरहीन रहेको भन्दै तस्बिर सार्वजनिक भएका थिए । पानीको अभाव, ढुसी लागेको सावर र बिग्रिएका वासिङ मेसिनबारे समेत गुनासा आएका थिए ।

त्यतिबेला रक्षामन्त्री पिट हेगसेथले यस्ता समाचारलाई ‘फेक न्युज’ भन्दै खारेज गरेका थिए । तर सांसद लेभिनले त्यसको खण्डन गर्दै नौसेनाले आफ्ना सैनिकका आधारभूत आवश्यकतादेखि महत्त्वपूर्ण जिम्मेवारीसम्म उचित रूपमा पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

लामो समयसम्म युद्ध क्षेत्रमा तैनाथी, बारम्बार थपिएको जिम्मेवारी र आधारभूत सुविधाको अभावले अमेरिकी नौसैनिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको परिवारहरूको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Defence Minister Admits Plan to Remove Palestinians from Gaza

US Military Leadership Shake-Up Continues Under Pete Hegseth

Malta Businessman Acquitted of Plotting Journalist Murder

Saudi Arabia Condemns Iranian Attack on Tanker in Strait of Hormuz

USS Abraham Lincoln Crew Takes Break in Thailand After Long Deployment

Italian Fishermen Export Invasive Blue Crabs to Salvage Livelihoods

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu