ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशमा बढ्दो गर्मीले जनजीवन प्रभावित, जलवायु परिवर्तनको असर देखिन थालेको विज्ञको भनाइ


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १२ : १५   बजे

राजविराज । मधेश प्रदेशका जिल्लामा पछिल्लो चार दिनयता तापक्रम बढेसँगै अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ। बिहानैदेखि चर्को घाम लाग्ने र दिउँसो तातो हावा चल्ने क्रम बढेपछि सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत कठिन हुन थालेको छ।

तापक्रम बढेसँगै बजारमा दिउँसोको चहलपहल घटेको छ। खेतबारीमा काम गर्ने किसान, निर्माण मजदुर, ई–रिक्सा चालक तथा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरू गर्मीबाट बढी प्रभावित भएका छन्। स्थानीयका अनुसार गर्मी बढेपछि शरीर गल्ने, टाउको दुख्ने, चक्कर लाग्ने तथा शरीरमा पानीको कमी हुने समस्या देखिन थालेको छ।

जलवायु विज्ञ अजय झाका अनुसार पछिल्लो गर्मीलाई सामान्य मौसमी घटनाका रूपमा मात्र बुझ्न मिल्दैन। लामो समयदेखि तापक्रम बढ्ने क्रम, वर्षाको स्वरूपमा परिवर्तन र अत्यधिक गर्मीका घटना दोहोरिनुले जलवायु परिवर्तनको प्रभाव देखाइरहेको उहाँको भनाइ छ।

उहाँका अनुसार कोइला, पेट्रोलियम पदार्थ र ग्यासको अत्यधिक प्रयोग, वन विनाश, सवारीसाधन तथा उद्योगबाट हुने हरितगृह ग्यास उत्सर्जन र अव्यवस्थित सहरीकरण जलवायु परिवर्तनका प्रमुख कारण हुन्। यसको प्रभाव तापक्रम वृद्धि, अनियमित वर्षा, खडेरी, बाढी, डुबान तथा कृषि उत्पादनमा समेत देखिन थालेको छ।

किसानदेखि श्रमिकसम्म प्रभावित

सप्तरीको रुपनी गाउँपालिका–२ का ८६ वर्षीय सीताबीप्रसाद साहले विगतको तुलनामा अहिले गर्मीको अवधि र मौसमको अनिश्चितता बढेको अनुभव सुनाउनुभयो। उहाँका अनुसार चर्को घाम, तातो हावा र उष्णताका कारण दैनिक कामकाज गर्नसमेत कठिन हुने गरेको छ।

स्थानीय कारी यादवले बढ्दो गर्मीले खेतीपातीमा समेत असर पारेको बताउनुभयो। अत्यधिक गर्मीमा खेतमा काम गर्न कठिन हुने र पर्याप्त वर्षा नहुँदा सिँचाइमा निर्भर हुनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ।

बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा

स्वास्थ्यकर्मी रघुनन्दन यादवका अनुसार बालबालिका, ज्येष्ठ नागरिक तथा लामो समय घाममा काम गर्ने श्रमिकहरू अत्यधिक गर्मीबाट बढी जोखिममा छन्।

गर्मीबाट जोगिन चर्को घाममा अनावश्यक रूपमा ननिस्कन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन, हल्का कपडा लगाउन र दिउँसो काम गर्दा बीच–बीचमा आराम गर्न उहाँले सुझाव दिनुभएको छ।

दीर्घकालीन उपायमा जोड

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि वन संरक्षण र वृक्षरोपणसँगै पोखरी तथा जलाशय संरक्षण, वर्षाको पानी सङ्कलन, भूमिगत पानीको पुनर्भरण र गर्मी सहन सक्ने बालीको प्रवर्द्धन गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

त्यस्तै, विद्युतीय सवारीसाधन तथा नवीकरणीय ऊर्जाको प्रयोग बढाएर हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

मधेशका विभिन्न जिल्लामा बढ्दो गर्मीले जलवायु परिवर्तन भविष्यको मात्र नभई अहिले नै जनजीवन र अर्थतन्त्रसँग जोडिएको चुनौती बनिरहेको संकेत गरेको छ। तत्काल गर्मीबाट नागरिकलाई जोगाउने उपायसँगै दीर्घकालीन जलवायु अनुकूलन र उत्सर्जन न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Defence Minister Admits Plan to Remove Palestinians from Gaza

US Military Leadership Shake-Up Continues Under Pete Hegseth

Malta Businessman Acquitted of Plotting Journalist Murder

Saudi Arabia Condemns Iranian Attack on Tanker in Strait of Hormuz

USS Abraham Lincoln Crew Takes Break in Thailand After Long Deployment

Italian Fishermen Export Invasive Blue Crabs to Salvage Livelihoods

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu