ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एक जना बेपत्ता


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १ : ०५   बजे

स्याङ्जा  । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। बिहीबार राति करिब १०ः२० बजे खोलामा आएको तीव्र बहावले मोटरसाइकलसहित उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समिप शाही भने सकुशल उद्धार भएका छन्। तर, सोही नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगर भने मोटरसाइकलसहित खोलाले बगाएको र अहिलेसम्म फेला पर्न सकेका छैनन्।

बगेको मोटरसाइकल १०० मिटर तल फेला

घटनापछि मोटरसाइकलको नम्बर प्लेट स्पष्ट नखुले पनि अनुसन्धानका क्रममा उक्त मोटरसाइकल ग ११ प ८१८३ नम्बरको रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब ६ः४५ बजे बगेको स्थानबाट करिब १०० मिटर तल खोलाभित्र मोटरसाइकल फेला परेको प्रहरीले बताएको छ। मोटरसाइकल फेला परे पनि त्यसमा सवार सलिम मगरको अवस्था भने अझै अज्ञात छ।

प्रहरी, सेना र सशस्त्रको संयुक्त खोजी

बेपत्ता मगरको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

खोलाको बहाव तथा भौगोलिक अवस्थालाई ध्यानमा राख्दै सुरक्षाकर्मीले सम्भावित स्थानमा खोजी गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सलिम मगरको खोजी तथा उद्धार कार्य जारी छ।

लगातारको वर्षाका कारण खोलानालामा पानीको बहाव बढिरहेको अवस्थामा स्थानीयवासीलाई खोला तथा नदी आसपास आवतजावत गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाको बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई भेटेर वर्षमान पुनले गराए उद्धार, राहत र पुनर्निर्माणमा ध्यानाकर्षण

धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’, ७९ सदस्यीय केन्द्रीय समिति

सम्बन्धित

गाडी किन्न सहज कर्जा, उद्योग खोल्न कठिन : बैंकिङ प्रणालीको पैसाको गन्तव्य कहाँ ?

देशभर सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ११७ जना घाइते

ग्यासको लाइन लम्बिँदा स्वदेशी बिजुलीमा भ्याटको विरोध, ऊर्जा नीतिमाथि प्रश्न

कृष्ण मन्दिरमा भक्तजन

जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा थुनामा परेकालाई छाड्न रास्वपा सांसद बानुको माग

बागलुङ डेंगु सङ्क्रमितको संख्या २ सय ८९ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu