ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाको बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई भेटेर वर्षमान पुनले गराए उद्धार, राहत र पुनर्निर्माणमा ध्यानाकर्षण


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   २ : ५५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य वर्षमान पुनले जिल्लामा बाढी–पहिरोबाट लगातार जनधनको क्षति भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भेटेर तत्काल उद्धार, राहत तथा पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री शाहसँग भेट गर्दै पुनले पछिल्ला दिनमा रोल्पाका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए। उनले विपद्मा परेकाको तत्काल उद्धार, घाइतेको उपचार, पीडितलाई राहत तथा विस्थापित परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिए।

रोल्पाको थबाङ गाउँपालिका–५ उवामा बुधबार गएको पहिरोमा परी १० जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट बिहीबार राति सुनछहरी गाउँपालिका–२ फलावाङमा गएको पहिरोमा थप तीन जनाको मृत्यु भएको छ। दुवै घटनामा केही व्यक्ति अझै बेपत्ता रहेको र केही घाइते भएको बताइएको छ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा घर तथा बस्तीमा क्षति पुग्नुका साथै सडक, खानेपानी, विद्यालयलगायत सार्वजनिक संरचनासमेत प्रभावित भएको पुनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री शाहले थबाङको उवा घटनापछि राज्यका सबै संयन्त्र परिचालन गरिएको र पीडितलाई राहत उपलब्ध गराउन निर्देशन दिइसकेको जानकारी पुनलाई गराएका थिए। बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिने प्रतिबद्धतासमेत उनले जनाएका छन्।

त्यस्तै, बाढी–पहिरोका कारण अवरुद्ध सडक तथा अन्य सार्वजनिक सेवा तत्काल सञ्चालनमा ल्याउने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्ने प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्री शाहले जाजरकोट–रुकुम भूकम्पपछि अपनाउन लागिएको पुनर्निर्माणको ‘नेपाली मोडल’ अनुसार रोल्पामा बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको पुनले बताएका छन्।

भेटका क्रममा पुनले उवा तथा भित्रीगामका पहिरोमा अझै बेपत्ता रहेकाहरूको खोजी तथा उद्धारलाई तीव्रता दिन, घाइतेको निःशुल्क र प्रभावकारी उपचार गर्न माग गरेका थिए।

त्यस्तै, बाढी–पहिरोमा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, घरबारविहीन भएकालाई तत्काल अस्थायी आवास र राहत तथा दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न उनले आग्रह गरेका छन्।

अवरुद्ध सडक, खानेपानी, विद्यालयलगायत सार्वजनिक संरचना तत्काल सञ्चालनमा ल्याउनुका साथै क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माण अघि बढाउनुपर्ने उनको माग थियो।

रोल्पाको भौगोलिक विकटतालाई ध्यानमा राख्दै आगामी दिनमा हुन सक्ने विपद्का बेला तत्काल उद्धार गर्न विशेष उद्धार टोली तथा हेलिकोप्टर तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत पुनले प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले पुनले राखेका मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै सरकारका तर्फबाट सम्भव भएसम्म आवश्यक सबै कदम चाल्ने आश्वासन दिएका छन्। रोल्पामा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार गम्भीर रहेको उनले बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मानव अधिकार आयोगका ५२.६ प्रतिशत सिफारिस कार्यान्वयन भएनन्, अध्यक्ष मगर भन्छन्– ‘सरकारको पाटो फितलो’

जेन–जी आन्दोलनका घाइते र सहिद परिवारका माग सम्बोधन गर्न सरकारको विशेष समिति गठन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एसीसी प्रिमियर कपको तयारीमा नेपाल, भारतमा १० दिनको क्याम्प

मानव अधिकार आयोगका ५२.६ प्रतिशत सिफारिस कार्यान्वयन भएनन्, अध्यक्ष मगर भन्छन्– ‘सरकारको पाटो फितलो’

जेन–जी आन्दोलनका घाइते र सहिद परिवारका माग सम्बोधन गर्न सरकारको विशेष समिति गठन

खगराज भट्ट : भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म

बागलुङमा पहिरोको जोखिम बढ्यो, निसीखोलाका ४० घर उच्च जोखिममा

सुजाता कोइरालाको आग्रह : ‘अहंकार त्यागेर कांग्रेस एकताको पक्षमा उभिनुस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu