ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुजाता कोइरालाको आग्रह : ‘अहंकार त्यागेर कांग्रेस एकताको पक्षमा उभिनुस्’


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ३ : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षका नेताहरूलाई अहंकार त्यागेर एकताको पक्षमा उभिन आग्रह गरेकी छन्। उनले पार्टीलाई बलियो बनाउन पद र गुटको स्वार्थभन्दा माथि उठ्नुपर्ने बताएकी छन्।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत पदको प्रतिस्पर्धाबाट माथि उठेर पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरिन्।

उनले मुलुक र पार्टीप्रतिको जिम्मेवारीबोध गर्दै सबै नेता–कार्यकर्ता पद, गुट र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुपर्नेमा जोड दिइन्।

कोइरालाले आफ्ना पिता तथा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पार्टीको लोकप्रियता बढ्दा त्यसविरुद्ध षड्यन्त्रहरू सुरु हुने बताउने गरेको स्मरण गरिन्।

“गिरिजाबाबुले सधैँ भन्नुहुन्थ्यो– कांग्रेस जबजब बलियो र लोकप्रिय हुन्छ, तबतब यसका विरुद्ध अनेक षड्यन्त्रहरू सुरु हुन्छन्। आज ठीक त्यस्तै अवस्था देखिएको छ,” उनले भनिन्।

गगन थापाको नेतृत्वप्रति विश्वास

कोइरालाले कांग्रेसका सभापति गगन थापाको नेतृत्वप्रति आफ्नो विश्वाससमेत व्यक्त गरिन्।

थापाले पार्टीको नेतृत्व सम्हाल्दा सुरुमा आफूलाई उनको नेतृत्व क्षमताबारे केही चिन्ता लागेको भए पनि अहिले उनले आफ्नो कार्यक्षमता र व्यवहारबाट सफल नेतृत्व प्रमाणित गरिसकेको कोइरालाको भनाइ छ।

“सुरुवाती दिनमा गगन थापाले पार्टी कसरी हाँक्लान् भन्ने मलाई केही चिन्ता लागेको थियो। तर अहिले उहाँले आफ्नो कार्यक्षमता र व्यवहारबाटै सफल नेतृत्व प्रमाणित गरिसक्नुभएको छ,” उनले भनिन्।

उनले आगामी पाँच वर्षपछि हुने आमनिर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत प्राप्त गर्ने दाबीसमेत गरिन्।

“अबको पाँच वर्षपछि हुने आम निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउनेछ। साथै सातै प्रदेश र स्थानीय तहहरूमा समेत कांग्रेसकै वर्चस्व र बहुमत कायम हुनेमा म पूर्ण विश्वस्त छु,” कोइरालाले भनिन्।

इतर समूहलाई विग्रहको बाटो छाड्न आग्रह

कोइरालाले कांग्रेसभित्रको इतर समूहका नेताहरूलाई बदलिँदो राजनीतिक परिस्थिति बुझेर अघि बढ्न आग्रह गरिन्।

उनले ‘समयको पदचाप बुझ्न’ आवश्यक रहेको भन्दै आन्तरिक विवाद र विग्रहले पार्टीलाई कमजोर बनाउने चेतावनी दिइन्।

पद तथा नेतृत्वको विवादमा अल्झिनुभन्दा पार्टी सुदृढीकरणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

कोइरालाले कांग्रेसको आन्तरिक एकता नै आगामी राजनीतिक सफलताको आधार भएको उल्लेख गर्दै सबै पक्षलाई आपसी मतभेद त्यागेर पार्टीलाई बलियो बनाउने अभियानमा जुट्न आह्वान गरिन्।

उनको अभिव्यक्ति कांग्रेसभित्र नेतृत्व, गुटगत समीकरण र आगामी निर्वाचनको तयारीबारे बहस तीव्र भइरहेका बेला आएको हो। कोइरालाले एकातिर देउवालाई अभिभावकीय भूमिकामा रहन आग्रह गरेकी छन् भने अर्कोतर्फ वर्तमान नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीभित्रको विवादलाई तत्काल अन्त्य गर्नुपर्ने सन्देश दिएकी छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कान्छारामको देउवालाई व्यंग्य–आग्रह : ‘गगन थापालाई राम्रो हलमा लगेर फिल्म हेराइदिनुस्’

चुनावपछि पहिलोपटक झापा जाँदै ओली, बालेनसँगको पराजयपछि गृहजिल्ला फर्किँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कान्छारामको देउवालाई व्यंग्य–आग्रह : ‘गगन थापालाई राम्रो हलमा लगेर फिल्म हेराइदिनुस्’

Serbia Grapples With Political Crossroads One Year After Student Protests

Explosion at Italian Ammo Plant Supplying Ukraine

Israel Expresses Concern Over Rapid Iranian Military Recovery

Kenyan Victims Demand Accountability Before UK Defense Deal Renewal

White House Accuses Over 40 Nations of Facilitating Tariff Evasion

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu