रोल्पा । सुनछहरी गाउँपालिका–२ फलबाङमा बिहीबार बिहान गएको पहिरोमा पुरिएका तीन जनाको शव शुक्रबार दिउँसो फेला परेको छ। पहिरोले स्थानीय वीरु घर्ती मगरको घर पुरिँदा उनीसहित उनकी पत्नी सनी घर्ती मगर र आमा लली घर्ती मगर बेपत्ता भएका थिए।
बिहीबार बिहान करिब ८ः१० बजे घरमाथिबाट आएको पहिरोले घर पुरेपछि तीनै जना बेपत्ता भएका थिए। खोज तथा उद्धारमा परिचालित टोलीले शुक्रबार दिउँसो उनीहरूको शव फेला पारेको जिल्ला प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ७७ वर्षीय वीरु घर्ती मगर, उनकी ६८ वर्षीया पत्नी सनी घर्ती मगर र ७० वर्षीया आमा लली घर्ती मगर रहेका छन्। शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
लगातारको वर्षाका कारण रोल्पाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ। यसअघि थबाङ गाउँपालिका–५ उवा कोटलबारामा गएको पहिरोमा परी १० जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन्।
लगातार वर्षा भइरहेकाले जिल्लाका पहाडी तथा भिरालो क्षेत्रमा थप पहिरोको जोखिम बढेको स्थानीय प्रशासनले जनाएको छ। सम्भावित जोखिम भएका स्थानका बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्