ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापालाई मोहन बस्नेतको प्रहार : ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १० : ०५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापाको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने दाबी गरेका छन् । उनले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमै कांग्रेसलाई अघि बढाउनुपर्ने बताएका छन् ।

कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले सरकारलाई समेत डोर्याएर मुलुकलाई निकास दिने हैसियत देउवामै रहेको दाबी गरे । उनले विशेष महाधिवेशनका पक्षधरलाई ‘खरानी दस्ता’को संज्ञा दिँदै गगन थापामाथि तीव्र आलोचना गरे ।

गगन थापाले आफूलाई युवा नेताका रूपमा प्रस्तुत गरे पनि ५२ वर्ष पार गरिसकेको भन्दै बस्नेतले उनको उमेरलाई लिएर समेत टिप्पणी गरे ।

‘उहाँले युवा भन्नुहुन्छ, ५२ वर्ष नाघिसक्नुभएको छ । उहाँले ५५ वर्ष पुगेपछि मैले राजनीति छोड्छु भन्नुभएको छ । अब तीन वर्षमा चुनाव नियमित प्रक्रियामा भयो भने आउने चुनाव उहाँ लड्न भ्याउनुहुन्न,’ उनले भने ।

बस्नेतले गगन थापाले कांग्रेसलाई ‘भष्मखरानी’ बनाएको आरोप लगाउँदै पार्टी चलाउन उनको नेतृत्व पर्याप्त नभएको टिप्पणी गरे ।

‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन । त्यसकारण आज पार्टी चलेको छैन, पार्टी बर्बाद भएको छ, भष्मखरानी भएर गएको छ,’ उनले भने ।

उनले देउवाको नेतृत्वमा कांग्रेसलाई वडा, पालिका, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभासम्म बलियो अवस्थामा पुर्‍याइएको दाबी गरे ।

गगनको नेतृत्वमाथि प्रश्न उठाउँदै बस्नेतले भने, ‘त्यत्रो कांग्रेसको हालत सानो बनाइएको छ । अझै गगन नभएको कांग्रेस माटोमा मिल्थ्यो रे ? तपाईँहरू खरानी भइसक्नुभयो । तपाईँबाट पार लाग्दैन ।’

गगन थापाले युवालाई अगाडि बढाएर आफू राजनीतिबाट अलग हुन तयार रहेको बताएको प्रसंगमा बस्नेतले आफू पनि त्यसका लागि तयार रहेको बताए ।

उनले भने, ‘कांग्रेस शून्य भएको ठाउँमा मैले चुनाव जितेर ठूला दल बनाएर सिन्धुपाल्चोकबाट आएको हो । तपाईँजस्तो भागीभागी अर्काले दुःख गरेको ठाउँमा गएर चुनाव लड्न परेको छैन । उहाँको चुनाव क्षेत्र नभएको कुरा प्रमाणित भएको छ । त्यो भए तपाईँ पनि चुनाव नलड्नुस्, म पनि लड्दिनँ । मुखले बकवास गरेर हुँदैन, फण्डा नगरौँ, व्यवहारमा उतारौँ ।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israel’s Crocodile Moat Plan Reveals Deeper Trends of Dehumanization

Federal Housing Policies Linked to Disproportionately High Homelessness Among Black Men

Nepal Committee Urges Government Action on Human Rights Commission Recommendations

Nine-Year-Old’s Poem Sparks Call for Peace Amid Rising Global Tensions

Cuba Faces Deepening Crisis Six Months Into Intensified US Oil Blockade

Fauci Invokes Fifth Amendment, Refuses to Answer Pandemic Questions

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu