ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपी साउदको आरोप– ‘गगन थापा पार्टी विभाजन चाहन्छन्’


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ७ : ५५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापामाथि पार्टी विभाजन चाहेको आरोप लगाएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै साउदले पार्टी एकताका लागि थापा पक्षबाट सार्थक पहल नभएको दाबी गरेका हुन्।

उनले व्यक्तिगत भेटघाट भए पनि पार्टीको विवाद समाधानका लागि गम्भीर र सार्थक छलफलमा थापा पक्ष नआएको बताए।

अदालतको निर्णयपछि मात्रै एकताको आधार

साउदले कांग्रेसको वर्तमान विवादको समाधान सर्वोच्च अदालतको निर्णयपछि मात्र सम्भव हुने बताए। उनका अनुसार अदालतले पुनरावलोकनका लागि निस्सा दिइसकेकाले त्यसअघि पार्टी एकता कठिन छ।

उनले भने, ‘अदालत गएपछि निस्सा दिएको छ। पुनरावलोकनअघि एकता हुन गाह्रो छ।’

देउवा नेतृत्वको कार्यसमिति कायम रहने वा विशेष महाधिवेशनबाट बनेको कार्यसमितिले वैधता पाउने भन्ने विषय अदालतबाटै टुंगो लाग्ने उनको भनाइ छ। अदालतको निर्णयपछि मात्रै पार्टीभित्र राजनीतिक तथा सांगठनिक एकताको आधार तयार हुने उनले बताए।

१४औँ महाधिवेशन समिति पुनर्स्थापनाको माग

साउदले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पुनर्स्थापित नगरेसम्म पार्टी एकता सम्भव नहुने बताएका छन्।

अदालतबाट अन्तिम निर्णय नआएसम्म देउवा नेतृत्वको वर्तमान कार्यसमितिले नै पार्टी सञ्चालन गरिरहने उनको दाबी छ।

उनले पार्टीको विवादलाई तत्काल समाधान गर्नुभन्दा कानुनी प्रक्रियाको टुंगो पर्खनुपर्ने अवस्था रहेको बताउँदै त्यसपछि मात्रै कांग्रेसभित्र एकताको स्पष्ट बाटो खुल्ने धारणा राखे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दक्षिण कोरियामा नेपाली दक्ष कामदारका लागि ई–७ भिसाको बाटो खुल्दै, मागपत्र प्रमाणीकरण सुरु

मन्त्रालय गाभिएपछि बागमतीमा प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Institutional Trust Faces Crisis, Hindering Governance

Wildfires Force Evacuations of Nearly 1,800 People in Western Germany

Study Finds Shared Understanding Of Exploitation Across Political Spectrum

दक्षिण कोरियामा नेपाली दक्ष कामदारका लागि ई–७ भिसाको बाटो खुल्दै, मागपत्र प्रमाणीकरण सुरु

मधुश्रावणी पर्व आज समापन हुँदै, प्रेम, संस्कृति र नवविवाहिताको भावनासँग जोडिएको मैथिल पर्व

महिला केन्द्रित कथा चम्किँदा बदलिँदै नेपाली सिनेमाको ‘हिरो’ परिभाषा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu