ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिथिलाञ्चलमा मधुश्रावणी पर्वको आज समापन हुँदै


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ७ : ५५   बजे

महोत्तरी। मिथिलाञ्चल क्षेत्रमा नवविवाहिता मिथिलानीहरूले मनाउँदै आएको मधुश्रावणी पर्व आज समापन हुँदैछ। साउन कृष्ण पञ्चमी अर्थात् मौनापञ्चमीका दिन सुरु भएको यो पर्व साउन शुक्ल तृतीयाका दिन विधिपूर्वक सम्पन्न गरिन्छ।

नवविवाहित दम्पतीबीच प्रेम, स्नेह र दाम्पत्य सम्बन्ध प्रगाढ होस् भन्ने कामनासहित विवाह भएको पहिलो वर्ष यो पर्व मनाउने मैथिल परम्परा छ। पति पक्षले पठाएको पूजा सामग्री तथा खाद्यान्न, नयाँ वस्त्र र आभूषणसहितको ‘सरदाम’ लिएर नवविवाहिताले माइतीघरमा बसेर पर्व मनाउने चलन छ।

‘टेमी’देखि चन्दनसम्म

मधुश्रावणीको महत्वपूर्ण विधिमध्ये ‘टेमी’ लिने परम्परा पनि हो। व्रतको १२औँ दिन राति कपासको बत्ती बालेर त्यसको लप्काले देब्रे घुँडा ढाक्ने गरिन्छ। यसबाट पतिपत्नीबीच प्रेम अझ गाढा हुने धार्मिक विश्वास छ।

पछिल्ला वर्षमा भने नयाँ पुस्ताका मिथिलानीहरूले आगोको लप्काले घुँडा ढाक्ने परम्पराको सट्टा चन्दनको लेप लगाउन थालेका छन्। उनीहरूले पर्वको सांस्कृतिक महत्व कायम राख्दै स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण विधिलाई परिमार्जन गर्न थालेका हुन्।

शिव–पार्वती र विषहराको पूजा

पर्व अवधिभर भगवान् शिव, देवी गौरी अर्थात् पार्वती र विषहराको पूजा आराधना गरिन्छ। नवविवाहित महिलाहरू समूहमा भेला भएर सामूहिक गीत गाउने, हासपरिहास गर्ने तथा ‘फूललोढी’ विधिमार्फत फूल तथा बेलपत्र सङ्कलन गर्ने गर्छन्।

साँझपख सखीसहेलीसँग फूल खोज्न जाने परम्परालाई ‘फूललोढी’ भनिन्छ। सङ्कलन गरिएका फूल र बेलपत्र रातभर राखेर भोलिपल्ट शिव, पार्वती र विषहराको पूजामा प्रयोग गरिन्छ। पर्व समापनपछि पूजामा प्रयोग भएका फूल तथा बेलपत्र नदी वा पोखरीमा विसर्जन गर्ने चलन छ।

दाम्पत्य प्रेम र सांस्कृतिक एकताको पर्व

मैथिल संस्कृतिका जानकारहरूका अनुसार मधुश्रावणी केवल धार्मिक व्रत नभई नवविवाहित दम्पतीबीच सुमधुर सम्बन्ध र पारिवारिक सद्भाव कायम गर्ने सांस्कृतिक पर्वसमेत हो। माइतीघरमा सखीसहेलीसँग भेटघाट, सामूहिक गीत तथा हास्यपरिहास गर्ने भएकाले नवविवाहित महिलाहरू यस पर्वको विशेष प्रतीक्षामा रहने गर्छन्।

पहिले मिथिलाका केही निश्चित समुदायका महिलाले मात्र मनाउने गरेको मधुश्रावणी अहिले विभिन्न समुदायले अपनाउँदै मिथिलाको साझा सांस्कृतिक पर्वको रूप लिँदै गएको स्थानीय जानकारहरू बताउँछन्।

कथा र धार्मिक मान्यता

मधुश्रावणीमा घरकी ज्येष्ठ महिलाले नवविवाहितालाई विभिन्न धार्मिक तथा पौराणिक कथा सुनाउने परम्परा छ। मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीका कथाहरू यस क्रममा सुनाइन्छन्।

देवी गौरीलाई दाम्पत्य जीवन सुखी बनाउने तथा मनोकामना पूरा गर्ने देवीका रूपमा पूजिने भएकाले नवविवाहिताले श्रद्धापूर्वक यो व्रत बस्ने धार्मिक विश्वास रहेको छ।

पर्वको अन्तिम दिन पूजा आराधना, कथा श्रवण तथा धार्मिक विधि पूरा गरेपछि मधुश्रावणी औपचारिक रूपमा सम्पन्न हुन्छ। यससँगै नवविवाहिताहरूले १३ दिनसम्म मनाउँदै आएको व्रत तथा सांस्कृतिक अनुष्ठानको समापन हुन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दक्षिण कोरियामा नेपाली दक्ष कामदारका लागि ई–७ भिसाको बाटो खुल्दै, मागपत्र प्रमाणीकरण सुरु

मन्त्रालय गाभिएपछि बागमतीमा प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Institutional Trust Faces Crisis, Hindering Governance

Wildfires Force Evacuations of Nearly 1,800 People in Western Germany

Study Finds Shared Understanding Of Exploitation Across Political Spectrum

दक्षिण कोरियामा नेपाली दक्ष कामदारका लागि ई–७ भिसाको बाटो खुल्दै, मागपत्र प्रमाणीकरण सुरु

मधुश्रावणी पर्व आज समापन हुँदै, प्रेम, संस्कृति र नवविवाहिताको भावनासँग जोडिएको मैथिल पर्व

महिला केन्द्रित कथा चम्किँदा बदलिँदै नेपाली सिनेमाको ‘हिरो’ परिभाषा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu