ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खगराज भट्टको पहिलो निर्णय : सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ६ : १५   बजे

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गरेलगत्तै प्रदेशका अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेका छन्।

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भट्टले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभर डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो। यसबाट मिर्गौला रोगी तथा नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

निर्णयअनुसार सेती प्रादेशिक अस्पतालमा ५, महाकाली प्रादेशिक अस्पतालमा ४, टीकापुर प्रादेशिक अस्पतालमा ३ तथा लम्कीचुहामा ५ शय्या थप गरिनेछ। यस्तै, बयलपाटा, जोगबुडा प्रादेशिक अस्पतालसहित अन्य जिल्ला अस्पतालमा २–२ शय्या थप गर्ने योजना छ।

पूर्वसरकारकै नीति कार्यान्वयन

डायलाइसिस सेवा विस्तारसम्बन्धी निर्णय आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समावेश विषयकै निरन्तरता हो। प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको ४८औँ बुँदामा स्वास्थ्य सेवा विस्तारको व्यवस्था गरिएको थियो।

निवर्तमान मुख्यमन्त्री शाहले आफ्नो कार्यकालमा अघि बढाइएको स्वास्थ्य सेवा विस्तारसम्बन्धी निर्णयलाई नयाँ सरकारले पहिलो निर्णयका रूपमा कार्यान्वयनमा लगेको भन्दै खुसी व्यक्त गरेका छन्। उनले यसका लागि बजेटसमेत विनियोजन गरिएको बताएका छन्।

सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले मन्त्रिपरिषद् बैठकमा डायलाइसिस सेवा विस्तारसम्बन्धी प्रस्ताव पेस गरेका थिए। मुख्यमन्त्री भट्टले उक्त प्रस्ताव स्वीकृत गरेका हुन्।

प्रदेश सरकारले पूर्वसरकारले अघि सारेको नीतिलाई निरन्तरता दिँदै स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुर्‍याउने प्रयासस्वरूप पहिलो निर्णय नै डायलाइसिस सेवा विस्तार गर्ने गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

सम्बन्धित

देउवाको भविष्यवाणी चार वर्षपछि पूरा : प्रतिस्पर्धी खगराज बने सुदूरपश्चिमका मुख्यमन्त्री

सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

खगराज भट्ट बने सुदूरपश्चिमका नयाँ मुख्यमन्त्री, एमालेका चार मन्त्रीले लिए शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले लिए पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा, नयाँ सरकार गठनको बाटो खुल्यो

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले आज राजीनामा दिने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu