ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगरका सात आँखा अस्पताल सिल, सञ्चालक आन्दोलनमा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ३५   बजे

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा सञ्चालित सातवटा आँखा अस्पताल सिल गरेपछि अस्पताल सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन् ।

आँखा अस्पताल सञ्चालनका सम्बन्धमा गुनासो आएपछि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले अस्पतालहरूको निरीक्षण गरेको थियो । अनुगमनका क्रममा जनस्वास्थ्य सेवा ऐन, २०७५, जनस्वास्थ्य सेवा नियमावली, २०७७ तथा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नतिसम्बन्धी मापदण्ड पूरा नगरेको पाइएपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए ।

प्रशासनका अनुसार केही अस्पतालले आँखा उपचारसँगै नाक, कान तथा घाँटी (ईएनटी) सेवा पनि सञ्चालन गरेको र प्राप्त अनुमतिभन्दा बढी तथा फरक प्रकृतिका सेवा दिइरहेको भेटिएको थियो । अनुगमनका क्रममा सञ्चालकहरूले मुचुल्कासमेत प्रमाणित गरेको प्रशासनको भनाइ छ । सुधारका लागि निर्देशन दिइए पनि कानुनबमोजिम प्रक्रिया अघि नबढाएपछि सिलबन्दी गरिएको प्रशासनले जनाएको छ ।

सिल गरिएका अस्पतालमा विराट आँखा अस्पताल, सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराट रानी आँखा अस्पताल, अखण्ड ज्योति आँखा अस्पताल, नेपाल आँखा अस्पताल र इफराह आँखा अस्पताल प्रालि रहेका छन् ।

सञ्चालकद्वारा आन्दोलन घोषणा

सिलबन्दीको विरोधमा अस्पताल सञ्चालकहरूले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेका छन् । आँखा अस्पताल संघ मोरङ तदर्थ संघर्ष समितिले प्रशासनको कदमलाई ‘आतंक सिर्जना गर्ने’ कार्य भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।

समितिका संयोजक तथा विराट आँखा अस्पतालका सञ्चालक प्रकाश दाहालले सेवामूलक तथा रोजगारमूलक व्यवसायमा गरिएको हस्तक्षेप स्वीकार्य नभएको बताए । अस्पताल तत्काल नखोले कानुनी उपचारमा जाने चेतावनी दिँदै उनले सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमार्फत संघ सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको जानकारी दिए ।

प्रदेश सरकारको स्वीकृतिमाथि प्रश्न

समितिका सचिव तथा विराट आँखा अस्पतालका सञ्चालक तेजलाल कर्णले प्रदेश जनस्वास्थ्य निर्देशनालयबाट स्वीकृति लिएर सञ्चालनमा रहेका अस्पतालमा जिल्ला प्रशासनले अधिकार क्षेत्रभन्दा बाहिर गएर सिल गरेको दाबी गरे ।

‘स्वास्थ्यसम्बन्धी अधिकार प्रदेश सरकारको पनि हो,’ उनले भने, ‘हामीले प्रादेशिकस्तरमा अस्पताल सञ्चालन गर्न प्रदेशकै निकायबाट स्वीकृति लिएका छौँ । के प्रदेशले दिने सञ्चालन अनुमति कानुनविपरीत हो ?’

कर्णले विराटनगरका आँखा अस्पतालमा भारतको बिहारलगायत क्षेत्रबाट समेत बिरामी आउने गरेको बताए । अस्पताल बन्द भएको खबरले सीमावर्ती क्षेत्रमा गलत सन्देश गएको उनको भनाइ छ ।

विराट रानी आँखा अस्पतालका सञ्चालक फिरोज चौधरीले निजी क्षेत्रको ठूलो लगानी रहेको स्वास्थ्य संस्थालाई सिल गर्दा लगानी जोखिममा परेको बताए । उनका अनुसार विराटनगरमा मात्रै करिब २२ वटा आँखा अस्पताल सञ्चालनमा छन् ।

सञ्चालकहरूले अस्पताल पुनः सञ्चालनको वातावरण नबनेसम्म धर्नालगायत विरोधका कार्यक्रम जारी राख्ने बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वामपन्थी आन्दोलन पुनर्गठन आजको आवश्यकता : शंकर पोखरेल

सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति पूर्वप्रहरीको आपत्ति

सम्बन्धित

नयाँ विद्युत् विधेयकमा निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन इप्पानको माग

पोखरा–५ मा अवैध घरेलु मदिराको कच्चा पदार्थ बरामद, दुई जना पक्राउ

सरकार प्रचारबाजीमा लाग्दा ग्यास अभाव भयो : ग्यास विक्रेता महासंघ

होटल तथा रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

रेडिसन होटलमा ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

कोटहीमाई गाउँपालिकाको नीति, कार्यक्रम र बजेट स्वीकृत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu