ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरेलु हिंसाका ७६ प्रतिशतभन्दा बढी मुद्दा मिलापत्रमै टुंगिन्छन्


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : ५५   बजे

काठमाडौं । घरेलु हिंसाका अधिकांश मुद्दा प्रहरी कार्यालयमै मेलमिलापबाट टुंगिने गरेको पाइएको छ । घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ ले घरेलु हिंसालाई गम्भीर अपराधका रूपमा परिभाषित गरे पनि व्यवहारमा भने ठूलो संख्यामा उजुरी मिलापत्रमै सीमित हुने गरेका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ मा गरी ३२ हजार ४०७ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् । तीमध्ये २६ हजार २०७ वटा अर्थात् करिब ८१ प्रतिशत उजुरी मिलापत्रबाट टुंगिएका छन् ।

आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका १७ हजार ४९६ उजुरीमध्ये १३ हजार ३५६ वटा मिलापत्रबाट समाधान भएका थिए । यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका १४ हजार ९११ उजुरीमध्ये १२ हजार ८५१ वटा मिलापत्रमै टुंगिएका छन् ।

अदालत पुग्ने मुद्दा नगण्य

घरेलु हिंसाका उजुरीमध्ये अदालतसम्म पुग्ने संख्या भने अत्यन्तै न्यून देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका १७ हजार ४९६ उजुरीमध्ये १४ वटा अर्थात् ०.०८ प्रतिशत मात्रै अदालत पुगेका थिए । आर्थिक वर्ष २०८२/०८३ मा १४ हजार ९११ उजुरीमध्ये १८ वटा अर्थात् ०.१२ प्रतिशत मुद्दा अदालत पुगेका छन् ।

अधिवक्ता विश्वका अनुसार घरेलु हिंसा पारिवारिक प्रकृतिको घटना भएकाले धेरैजसो अवस्थामा मिलापत्रलाई प्राथमिकता दिइने गरेको छ ।

कानुन र व्यवहारबीच अन्तर

महिला अधिकारकर्मी सरिता श्रेष्ठका अनुसार पितृसत्तात्मक सोच, आर्थिक निर्भरता र पारिवारिक प्रतिष्ठाको दबाबका कारण पीडितहरू मिलापत्र गर्न बाध्य हुने गरेका छन् ।

उनका अनुसार प्रहरीमा न्याय र सुरक्षाको अपेक्षासहित पुगेका पीडितलाई परिवार र आफन्तले घर बचाउन, बच्चाको भविष्य सोच्नलगायतका नाममा सम्झौता गर्न दबाब दिने गरेका छन् । यसले पीडितलाई पुनः हिंसा सहनुपर्ने अवस्थामा पुर्‍याउन सक्ने उनको भनाइ छ ।

उजुरी दिएपछि सम्पर्कविहीन हुने पनि धेरै

घरेलु हिंसाको उजुरी दिएपछि प्रहरीको सम्पर्कमा नआउने पीडितको संख्या पनि उल्लेख्य छ । आर्थिक वर्ष २०८१/०८२ मा २५२ जना र २०८२/०८३ मा ६८ जना उजुरीकर्ता उजुरीपछि सम्पर्कविहीन भएका थिए ।

अधिकारकर्मीहरूका अनुसार डर, धम्की, पारिवारिक दबाब वा घरमै सम्झौता हुनुलाई यसको प्रमुख कारण मान्न सकिन्छ । कतिपय अवस्थामा पीडक पक्षले उजुरी फिर्ता लिन वा कानुनी प्रक्रियाबाट पछि हट्न दबाब दिने गरेको पनि बताइएको छ ।

मिलापत्रपछि पनि अनुगमन आवश्यक

शास्त्री टंक पौडेलले मिलापत्रपछि पीडितको अवस्थाबारे नियमित अनुगमन गर्ने संयन्त्र आवश्यक रहेको बताए । उनका अनुसार मिलापत्रपछि पुनः हिंसा भए–नभएको निगरानी नहुँदा पीडितको सुरक्षा जोखिममा पर्न सक्छ ।

जानकारहरूका अनुसार घरेलु हिंसाका उजुरी ठूलो संख्यामा मिलापत्रमा टुंगिनुले तथ्यांकमा मुद्दाको संख्या घटेको देखाए पनि हिंसाको वास्तविक समस्या समाधान भएको मान्न सकिँदैन । त्यसैले मिलापत्रपछि पीडितको सुरक्षा, पुनःहिंसाको जोखिम र पीडक पक्षको व्यवहारबारे प्रभावकारी निगरानी आवश्यक देखिएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वामपन्थी आन्दोलन पुनर्गठन आजको आवश्यकता : शंकर पोखरेल

सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति पूर्वप्रहरीको आपत्ति

सम्बन्धित

नयाँ विद्युत् विधेयकमा निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन इप्पानको माग

पोखरा–५ मा अवैध घरेलु मदिराको कच्चा पदार्थ बरामद, दुई जना पक्राउ

सरकार प्रचारबाजीमा लाग्दा ग्यास अभाव भयो : ग्यास विक्रेता महासंघ

होटल तथा रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

रेडिसन होटलमा ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

कोटहीमाई गाउँपालिकाको नीति, कार्यक्रम र बजेट स्वीकृत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu