काठमाडौं । सडक अनुगमनका लागि सुदूरपश्चिम प्रदेश पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएका छन्।
दार्चुलाबाट सडक अनुगमन गर्दै आइतबार बैतडी पुगेका मन्त्री लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याउने तयारी गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टका अनुसार मन्त्री लम्साललाई उद्धार गरी सुर्खेत ल्याउन सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर बोलाइएको छ।
मन्त्री बैतडी पुगेपछि अस्वस्थ भएको जानकारी आएको र हेलिकोप्टरमार्फत सुर्खेत ल्याउने तयारी भइरहेको एसएसपी विष्टले बताए।
मन्त्री लम्साल दुई दिनअघि सडक अनुगमनकै क्रममा दार्चुला पुगेका थिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्