ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस इतर पक्षप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘हुतिहारा नेताबाट केही अपेक्षा नगरे हुन्छ’


ABC NEWS
१ भदौ २०८३, सोमबार   ११ : ४५   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसको इतर पक्षका नेताहरूप्रति कडा टिप्पणी गरेका छन्। उनले कांग्रेस नेताहरूलाई संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्पष्ट रूपमा उभिन चुनौती दिएका छन्।

मिश्रले सामाजिक सञ्जालमार्फत कांग्रेस इतर पक्षको हालै सम्पन्न राष्ट्रिय भेलाबाट सार्वजनिक निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसलाई ‘वाहियात’ र ‘दोधारे’ भनेका छन्।

कांग्रेसले आफ्नो निर्णयमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद गर्ने उल्लेख गरेको विषयमा मिश्रले प्रश्न उठाएका छन्। उनले कांग्रेसले संवैधानिक राजसंस्थामा फर्किने विषय स्पष्ट रूपमा भन्न नसकेको भन्दै नेताहरूलाई चुनौती दिएका हुन्।

‘सिधै संवैधानिक राजसंस्था भन्न किन नसकेको?’

मिश्रले कांग्रेस नेताहरूलाई प्रश्न गर्दै भनेका छन्, ‘यति महत्त्वपूर्ण विषयमा यस्तो वाहियात, दोधारे, काइते भाषा प्रयोग गर्ने? सिधै हामी कांग्रेसको मौलिक नीति–संवैधानिक राजसंस्थामा फर्किनेछौँ किन भन्न नसकेको? कसको डर लाग्यो?’

उनले जनतालाई भ्रममा पारेर सत्तामा पुग्ने प्रयास नगर्नसमेत कांग्रेस नेताहरूलाई चेतावनी दिएका छन्। उनले लेखेका छन्, ‘जनतालाई उल्लु बनाएर सत्तामा पुग्ने पाप नगर्नुस्। हुतिहारा नेताहरूबाट केही अपेक्षा नगरे हुन्छ।’

‘हिन्दु राष्ट्र’बारे पनि प्रश्न

कांग्रेस इतर पक्षले ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने’ निर्णय गरेको विषयमा पनि मिश्रले असन्तुष्टि जनाएका छन्।

उनले ‘सनातन धर्म’ भन्दा स्पष्ट रूपमा ‘हिन्दु राष्ट्र’ भन्न कांग्रेस नेताहरूले आँट गर्नुपर्ने बताएका छन्। मिश्रले संसारभर हिन्दु, बौद्ध, इसाई र इस्लामजस्ता प्रमुख धर्मका रूपमा चिनिने उल्लेख गर्दै ‘सनातन धर्म’ शब्दले अन्तर्राष्ट्रिय रूपमा अन्योल सिर्जना गर्न सक्ने तर्क गरेका छन्।

मिश्रले विगत ३५ वर्षको शासन व्यवस्थाप्रति समेत आलोचनात्मक धारणा राख्दै आफू र आफ्ना सहकर्मीले विगतका गल्ती स्वीकार गरेर दृष्टिकोण परिवर्तन गरेको दाबी गरेका छन्।

‘आँट र स्पष्टता सिक्न मकहाँ आउनुस्’

मिश्रले कांग्रेस नेताहरूलाई राजनीतिक अनुभव र विगतका संघर्षको धाक नलगाउन आग्रह गर्दै स्पष्ट राजनीतिक दृष्टिकोण बनाउन चुनौती दिएका छन्।

उनले भनेका छन्, ‘आँट र प्रष्टता सिक्न चाहनुहुन्छ भने मकहाँ आउनुस्! सिकाएर पठाइदिउँला।’

नेपालमा पछिल्लो समय हिन्दु राष्ट्र र राजसंस्थाको विषयमा राजनीतिक बहस तीव्र भइरहेका बेला मिश्रको यस्तो अभिव्यक्तिले कांग्रेसभित्रको उक्त धारामाथि थप राजनीतिक दबाब सिर्जना गर्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Gaza Amputees Struggle Under Blockade and Rubble

EU Pursuing More Russia Sanctions After Failed Airport Attack: Kallas

Swiss Police Confirm Rave Attack Perpetrator as Lone Shooter

Israeli Settler Attacks Leave Pregnant Woman in Shock

Israel Destroys Over 130,000 Buildings in Gaza

UK’s Burnham Faces First Parliament Grilling, Vows to ‘Bring Back Hope’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu