ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ ९ देखि नाडा अटो शो, ५३ ब्रान्डका गाडी र नयाँ प्रविधि एउटै छानामुनि


ABC NEWS
१ भदौ २०८३, सोमबार   ६ : २५   बजे

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा लिइने १८औँ नाडा अटो शो यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्न लागेको प्रदर्शनीमा यसपटक ५३ वटा विभिन्न अटोमोबाइल ब्रान्ड सहभागी हुनेछन्। आयोजकका अनुसार प्रदर्शनीस्थलमा करिब २०० वटा स्टल राखिनेछन्।

छ दिनसम्म सञ्चालन हुने अटो शोमा नयाँ सवारीसाधन, विद्युतीय सवारीसाधन, अत्याधुनिक प्रविधि, अटोमोबाइल पार्ट्स तथा स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ।

२३ ब्रान्डका कारदेखि १३ ब्रान्डका दुईपांग्रेसम्म

नाडा अटो शोका सभापति अनुप बरालका अनुसार प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका हलुका कमर्सियल गाडी र १३ ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन्।

सवारीसाधनबाहेक ७० भन्दा बढी स्टलमा अटोमोबाइल पार्ट्स, लुब्रिकेन्ट्स, टायर, ग्यारेज उपकरण, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका उत्पादन तथा सेवा प्रदर्शन गरिनेछ।

यसपटक अटो शोमा परम्परागत सवारीसाधनसँगै नयाँ प्रविधिका रोबोटसमेत प्रदर्शनीको आकर्षण बन्ने भएका छन्। आयोजकका अनुसार जीआई ह्युमनोइड रोबोट र जीओ२ क्वाड्रुप्ड रोबोट समेत प्रदर्शनीमा राखिनेछ।

नेपालमै बनेका उत्पादन मुख्य आकर्षण

नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले नेपालको अटोमोबाइल उद्योग अब आयातमा मात्र निर्भर नरहेको बताएका छन्। नेपालमा सवारीसाधन तथा अटोमोबाइलका विभिन्न सामग्री उत्पादन र एसेम्बल हुन थालेको उल्लेख गर्दै उनले आगामी दिनमा नेपालमै अटोमोबाइल उत्पादन सम्भव हुने दाबी गरे।

उनका अनुसार यसपटकको नाडा अटो शोमा नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधनलाई विशेष रूपमा प्रस्तुत गरिनेछ। त्यस्तै, स्वदेशमै उत्पादन वा एसेम्बल हुँदै आएका टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स र हेल्मेट लगायतका सामग्रीलाई पनि प्रदर्शनीमा प्राथमिकता दिइनेछ।

उप्रेतीले भने, “नाडा अटो शो केवल अन्तर्राष्ट्रिय ब्रान्डहरूको जमघट होइन, नेपालमा आफ्नै औद्योगिक सम्भावनाको जीवन्त ऐना पनि हो।”

ईभी र नयाँ प्रविधिमा विशेष जोड

यस वर्षको अटो शोमा विद्युतीय सवारीसाधन (ईभी) र त्यससँग सम्बन्धित नयाँ प्रविधि प्रमुख आकर्षणका रूपमा रहनेछन्।

विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगसँगै विश्व बजारमा विकसित भइरहेका नयाँ प्रविधि, दिगो यातायात प्रणाली तथा अत्याधुनिक उत्पादनलाई नेपाली उपभोक्तामाझ प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने आयोजकको तयारी छ।

नाडाका अनुसार एउटै छानामुनि विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडल र प्रविधि अवलोकन गर्न पाउने भएकाले उपभोक्ताका लागि यो प्रदर्शनी विशेष अवसर हुनेछ।

सुस्त अटो बजारलाई गति दिने अपेक्षा

नाडा अध्यक्ष उप्रेतीले पछिल्लो समय केही सुस्त देखिएको अटोमोबाइल बजारलाई चलायमान बनाउन अटो शोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

उनका अनुसार प्रदर्शनीले उपभोक्तामा नयाँ सवारीसाधनप्रतिको आकर्षण बढाउनुका साथै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पार्ट्स तथा सेवा प्रदायकलगायत अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका व्यवसायलाई समेत चलायमान बनाउन सहयोग गर्नेछ।

अटोमोबाइल उद्योगको गतिविधि बढ्दा त्यसको प्रभाव रोजगारी, व्यापार, राजस्व तथा समग्र आर्थिक गतिविधिमा समेत पर्ने नाडाको अपेक्षा छ।

नाडाको ५० वर्षे यात्रासँग जोडिएको विशेष अटो शो

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गोल्डेन जुब्ली मनाइरहेको छ। यही अवसरमा आयोजना हुन लागेको १८औँ नाडा अटो शोलाई संस्थाले विशेष महत्व दिएको छ।

अध्यक्ष उप्रेतीले नाडाको पाँच दशक लामो यात्रा नेपालको अटोमोबाइल क्षेत्रको विकास, विस्तार र नीतिगत सुधारसँग प्रत्यक्ष रूपमा जोडिएको बताए।

उनका अनुसार ५० वर्षको यात्रापछि आयोजना हुन लागेको यसपटकको अटो शो नाडाका लागि मात्र नभई समग्र निजी क्षेत्र र नेपालको अटोमोबाइल उद्योगका लागि समेत महत्वपूर्ण अवसर हो।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनीले नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनसँगै नेपालको अटोमोबाइल उद्योग कुन दिशामा अघि बढिरहेको छ भन्ने तस्वीरसमेत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लघुवित्त पीडितलाई भेट्न माइतीघर पुगिन् पूर्वराष्ट्रपति भण्डारी

कांग्रेसभित्रको विवादबीच देउवाको सक्रियता, एकता कायम गर्न संवाद र सहकार्य 

सम्बन्धित

बाढीले पुल बगाएपछि तुइनको सहारामा स्थानीयवासी

आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव

स्याङ्जामा साउनमा २४ अपराधका मुद्दा दर्ता, १९ जना पक्राउ

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त

नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि

पत्रकार किशोर श्रेष्ठलाई फेरि पक्राउ गर्ने प्रहरीको प्रयास, अदालतले भन्यो– ‘कागजात पुगेन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu