ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० लाख भुक्तानी नदिएको आरोपमा जनकपुर रिफाइनरीका सञ्चालकसहित चारजनाविरुद्ध ठगी मुद्दा


ABC NEWS
१ भदौ २०८३, सोमबार   ६ : ३५   बजे

जनकपुरधाम । भुस खरिदबापतको करिब ५० लाख रुपैयाँ भुक्तानी नगरेको आरोपमा जनकपुर रिफाइनरीसँग सम्बन्धित चारजनाविरुद्ध ठगी तथा विश्वासघातसम्बन्धी मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले साउन २० गते जनकपुर रिफाइनरीसँग सम्बन्धित चार व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको हो। मुद्दा दर्तासँगै उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी गर्न अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।

पक्राउ पुर्जी जारी हुनेमा जनकपुर रिफाइनरीकी सञ्चालक ३५ वर्षीया रइसा टिवडेवाल, उनका पति तथा कम्पनीका प्रबन्धक ४० वर्षीय विनित अग्रवाल, सञ्चालककी दाइ ४५ वर्षीय रोमिल टिवडेवाल र कम्पनीका पर्चेज डाइरेक्टर ३५ वर्षीय मुन्नाकुमार सिंह (राकेश) रहेका छन्।

चारैजना फरार

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पुर्जी जारी भएका चारैजना हाल फरार छन्। प्रहरीले उनीहरूको खोजी तीव्र पारेको जनाएको छ।

धनुषा प्रहरीका प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले चारैजनाको खोजी भइरहेको जानकारी दिएका छन्।

मुद्दा दर्ता भएसँगै प्रहरीले उनीहरूलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गर्ने तयारी गरेको छ।

४९ लाख ४९ हजार रुपैयाँभन्दा बढी बक्यौता

जनकपुर रिफाइनरीले भुस खरिद गरेबापत करिब ५० लाख रुपैयाँ भुक्तानी नगरेको विषय यसअघि नै सार्वजनिक भएको थियो।

प्राप्त कम्पनीको आन्तरिक सप्लायर लेजरअनुसार रोशन भुसा खरिद बिक्री केन्द्रको नाममा ४९ लाख ४९ हजार ८८३ रुपैयाँ ५० पैसा बक्यौता देखिएको छ।

भुस आपूर्तिकर्ताका अनुसार जनकपुर रिफाइनरीकै आग्रहमा स्थानीय किसानबाट भुस खरिद गरी उद्योगमा आपूर्ति गरिएको थियो। कारोबार सुरुका दिनमा नियमित रूपमा भुक्तानी हुँदै आए पनि कारोबारको मात्रा बढ्दै गएपछि उद्योगले रकम भुक्तानी गर्न छाडेको उनीहरूको आरोप छ।

बक्यौता रकम माग्दा उद्योग परिसरमा प्रवेश गर्नसमेत रोक लगाइएको आपूर्तिकर्ताले बताएका छन्।

उद्योग सञ्चालकदेखि वाणिज्य संघ अध्यक्षसम्म

यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका मुन्नाकुमार सिंह (राकेश) ढल्केवर उद्योग वाणिज्य संघका अध्यक्षसमेत हुन्।

अब प्रहरीले पक्राउ पुर्जी कार्यान्वयन गर्दै चारैजनालाई नियन्त्रणमा लिएपछि भुस खरिद, आपूर्तिकर्तासँगको कारोबार, बक्यौता रकम तथा रकम भुक्तानी रोकिएको भनिएको कारणबारे अनुसन्धान अघि बढाउनेछ।

ठगी तथा विश्वासघातसम्बन्धी आरोपमा मुद्दा दर्ता भए पनि अदालतबाट दोषी ठहर नभएसम्म आरोपित व्यक्तिहरूलाई कानुनबमोजिम निर्दोष मानिनेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लघुवित्त पीडितलाई भेट्न माइतीघर पुगिन् पूर्वराष्ट्रपति भण्डारी

कांग्रेसभित्रको विवादबीच देउवाको सक्रियता, एकता कायम गर्न संवाद र सहकार्य 

सम्बन्धित

बाढीले पुल बगाएपछि तुइनको सहारामा स्थानीयवासी

आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव

स्याङ्जामा साउनमा २४ अपराधका मुद्दा दर्ता, १९ जना पक्राउ

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त

नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि

पत्रकार किशोर श्रेष्ठलाई फेरि पक्राउ गर्ने प्रहरीको प्रयास, अदालतले भन्यो– ‘कागजात पुगेन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu