ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रस्तावित यातायात ऐन संशोधन गर्न यातायात मजदुर संगठनको माग


ABC NEWS
१ भदौ २०८३, सोमबार   ९ : ४५   बजे

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ मा श्रमिक, स्वरोजगार, यातायात व्यवसायी तथा उपभोक्ताको हितविपरीत रहेका प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ।

संगठनले प्रस्तावित मस्यौदामाथि तीन महले संशोधन प्रस्ताव पेस गर्दै सरोकारवाला यातायात श्रमिक र व्यवसायीका प्रतिनिधिसँग छलफल गरी ऐनलाई व्यावहारिक, न्यायपूर्ण र सडक सुरक्षामैत्री बनाउन आग्रह गरेको हो।

संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशव थापाले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र प्रधानमन्त्रीसमक्ष सातवटै प्रदेशका मुख्यमन्त्रीमार्फत पठाइएको छ।

अत्यधिक जरिवाना हटाउन माग

संगठनले प्रस्तावित ऐनमा राखिएको अत्यधिक जरिवाना र पटकपटक जरिवाना थपिने व्यवस्था संशोधन गर्नुपर्ने बताएको छ।

पूर्वाधार, प्रविधि र व्यवस्थापन प्रणाली पर्याप्त विकास नगरी जरिवाना बढाउँदा ऐन सुधारमुखीभन्दा राजस्व संकलनमुखी बन्न सक्ने संगठनको तर्क छ। सामान्य प्रकृतिका कसुरमा पूर्ववत् जरिवाना कायम गरी कसुरअनुसार स्पष्ट जरिवाना निर्धारण गर्नुपर्ने उसको सुझाव छ।

सवारी दुर्घटनाबाट मृत्यु तथा अंगभंग हुने घटनासम्बन्धी प्रावधानमा समेत स्पष्टता आवश्यक रहेको संगठनले जनाएको छ। दुर्घटनालाई नियतपूर्वक गरिने हत्या वा आपराधिक कार्यसँग जोड्ने गरी ‘बदनियत’ र ‘ज्यान मारेमा’ जस्ता शब्दावली प्रयोग गर्न नहुने उसको माग छ।

संगठनले चालकको वास्तविक लापरबाही र कसुरको मात्रा छुट्याएर सजाय निर्धारण गर्नुपर्ने बताएको छ। मापसे वा लापसे गरी सवारी चलाउने, अनुमतिपत्रबिना सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, जेब्राक्रसिङमा दुर्घटना गराउने तथा रातो बत्ती उल्लंघन गर्ने जस्ता गम्भीर लापरबाहीलाई स्पष्ट परिभाषित गरी कारबाहीको आधार बनाउनुपर्ने सुझाव दिइएको छ।

चालकलाई मात्रै दोषी नबनाउन माग

सवारी दुर्घटनामा चालकलाई लामो समयसम्म पुर्पक्षमा राख्ने परम्परा अन्त्य गर्नुपर्ने संगठनको माग छ। चालकप्रति हुने पूर्वाग्रही व्यवहार र आर्थिक चलखेल नियन्त्रण गर्न प्रभावकारी व्यवस्था गर्नुपर्ने पनि उसले जनाएको छ।

अंगभंगसम्बन्धी प्रावधानमा विशेषज्ञ चिकित्सकबाट अंगभंगको अवस्था प्रमाणित भएपछि मात्र कानुनी प्रक्रिया अघि बढाउने व्यवस्था गर्नुपर्ने संगठनको सुझाव छ।

सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि चालकलाई मात्रै अपराधीकरण नगरी सुरक्षित सडक पूर्वाधार, प्रविधि र प्रभावकारी यातायात व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्ने संगठनले जनाएको छ।

ट्राफिक प्रहरीको अधिकारमा प्रश्न

कारबाही र जरिवाना निर्धारणमा ट्राफिक प्रहरीलाई अत्यधिक अधिकार दिँदा पारदर्शिता र निष्पक्षतामा प्रश्न उठ्न सक्ने भन्दै संगठनले छुट्टै प्रभावकारी र पारदर्शी संयन्त्रमार्फत यातायात व्यवस्थापन गर्नुपर्ने माग गरेको छ।

व्यावसायिक चालकको अनुमतिपत्रका लागि अनिवार्य गरिएको कक्षा ८ उत्तीर्णको प्रावधान पुनरावलोकन गर्न पनि संगठनले माग गरेको छ। चालकको पेशा सीपमा आधारित भएकाले शैक्षिक योग्यताको कठोर मापदण्डभन्दा साक्षरता र सडक सुरक्षासम्बन्धी आधारभूत तालिमलाई प्राथमिकता दिनुपर्ने उसको भनाइ छ।

समयमै अनुमतिपत्र नवीकरण नगरेकै आधारमा चालकको लाइसेन्स खारेज गर्ने व्यवस्था हटाएर थप दस्तुर र चिकित्सकीय सिफारिसका आधारमा नवीकरण गर्न सक्ने व्यवस्था गर्न पनि संगठनले माग गरेको छ।

यातायात मजदुरको प्रतिनिधित्व माग

संगठनले यातायात क्षेत्रसम्बन्धी उच्चस्तरीय नीति निर्माण तथा व्यवस्थापन संरचनामा यातायात मजदुर संगठनबाट तीन जना प्रतिनिधि सहभागी गराउनुपर्ने प्रस्ताव गरेको छ।

यातायात श्रमिकको प्रत्यक्ष सहभागिताबिना क्षेत्रसम्बन्धी नीति प्रभावकारी हुन नसक्ने संगठनको तर्क छ। व्यावसायिक चालकको पेशागत सुरक्षा, श्रम अधिकार र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने तथा प्राकृतिक प्रकोप र विपद्का समयमा यातायात श्रमिकको सुरक्षाका लागि विशेष व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।

दुर्घटना बीमा र यातायात प्राधिकरणको माग

सडक दुर्घटनामा घाइते तथा अंगभंग भएका व्यक्तिको उपचार खर्च बीमामार्फत शतप्रतिशत सुनिश्चित गर्नुपर्ने संगठनको माग छ। तेस्रो पक्ष बीमाको दायरा र रकम वृद्धि गर्नुपर्ने तथा सार्वजनिक यातायातलाई व्यवस्थित र प्रभावकारी बनाउन अधिकारसम्पन्न राष्ट्रिय यातायात प्राधिकरण गठनको व्यवस्था ऐनमै गर्नुपर्ने सुझाव दिइएको छ।

त्यस्तै, ऐनअन्तर्गत अख्तियारप्राप्त अधिकारीको काम, कारबाही वा व्यवहारबाट पीडित नागरिकले उजुरी गर्न सक्ने स्वतन्त्र र प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने संगठनको माग छ।

अध्यक्ष राईका अनुसार संगठनले यसअघि जेठ १५ र असार ३१ गते पूर्वाधार विकास मन्त्रालयमा प्रस्तावित ऐनबारे ध्यानाकर्षण गराइसकेको थियो। प्रदेश कमिटीहरूले समेत विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत साउन ४ र ५ गते मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

सरकारले ऐन संशोधन प्रक्रियामा अपेक्षित तत्परता नदेखाएपछि पुनः ज्ञापनपत्र बुझाइएको राईले बताए।

“सडक दुर्घटना न्यूनीकरणको नाममा चालकलाई मात्र दोषी देखाएर समस्या समाधान हुँदैन। सुरक्षित सडक, वैज्ञानिक यातायात व्यवस्थापन, आधुनिक प्रविधि, प्रभावकारी नियमन र श्रमिकको पेशागत तथा सामाजिक सुरक्षालाई समान प्राथमिकता दिनुपर्छ,” उनले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

UK’s Burnham Faces First Parliament Grilling, Vows to ‘Bring Back Hope’

$40 Trillion Debt: Not the Real Threat

Spiking Bond Yields Benefit Wealthy at Expense of Borrowers

Trump’s Oil Deal Gives US Control Over Venezuela’s Riches

Will AI Destroy the Meritocracy?

Search and Rescue Intensified in Nepal’s Flood-Hit Rasuwa

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu