ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड


ABC NEWS
१ भदौ २०८३, सोमबार   ९ : ४५   बजे

ललितपुर । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्दै अघि बढाउनुपर्ने बताएकी छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै उनले निर्वाचनको पराजय र पार्टी विभाजनको जोखिमबाट कांग्रेसलाई जोगाउन इतिहासको चेत र देशप्रतिको जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने बताइन्।

फ्रान्सेली साहित्यकार भिक्टर ह्युगोको भनाइ उद्धृत गर्दै संग्रौलाले संविधान र गणतन्त्रको रक्षा गर्ने कांग्रेसको विचारलाई कुनै शक्तिले रोक्न नसक्ने बताइन्।

महाधिवेशन समयमै गर्न माग

संग्रौलाले कांग्रेसको १५औँ महाधिवेशन घोषित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेभित्रै भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नुपर्ने बताइन्।

‘जरा अभियान’ तथा आफ्नो सांगठनिक भ्रमणका क्रममा कार्यकर्ता र आम नागरिकमा कांग्रेसप्रतिको आशा अझै जीवित रहेको तर पार्टीले चुस्त सांगठनिक परिचालन गर्नुपर्ने आवश्यकता देखिएको उनले बैठकमा बताइन्।

उनले नियमावली, निर्वाचन निर्देशिका र सदस्यता अद्यावधिकको काम समयमै सम्पन्न गर्न तथा महाधिवेशन तयारी समिति, विधान मस्यौदा समिति र प्रचार–प्रसारलगायतका उपसमिति तत्काल गठन गर्न माग गरिन्।

सुनसरी घटनामा संसदीय छानबिनको माग

तराई–मधेशमा विकसित घटनाक्रमबारे बोल्दै संग्रौलाले सामाजिक तथा जातीय सद्भाव बिगार्ने प्रयासप्रति कांग्रेस गम्भीर हुनुपर्ने बताइन्।

सुनसरी घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिनका लागि कांग्रेसले अघि सारेको संसदीय छानबिन समिति गठनको मागलाई पार्टीको मुख्य ‘बटमलाइन’ बनाउनुपर्ने उनको भनाइ थियो।

बहुजातीय र बहुसांस्कृतिक एकताको पक्षमा कांग्रेसले मधेशमा शान्ति, सुरक्षा र भ्रातृत्व कायम गर्न अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उनले बताइन्।

सरकारमाथि प्रश्न

सरकार गठन भएको चार महिना बितिसक्दा पनि वर्तमान सरकार दिशाहीन र असक्षम देखिएको तथा पपुलिस्ट निर्णयमा रमाएको आरोप संग्रौलाले लगाइन्।

प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले संसदमा जनताका सवालमा कडा र तार्किक बहस गर्नुपर्ने उनको भनाइ थियो। प्रदेशमा देखिएको राजनीतिक अस्थिरता र सत्ताको खिचातानीले संघीयतामाथि नै प्रश्न उठाएको भन्दै कांग्रेस यस विषयमा स्पष्ट रूपमा प्रस्तुत हुनुपर्ने उनले बताइन्।

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन माग

संग्रौलाले विदेशमा रहेका लाखौँ नेपालीको मताधिकार सुनिश्चित गर्न स्पष्ट नीति ल्याउनुपर्ने तथा जनसम्पर्क समितिलाई सुदृढ बनाउनुपर्ने माग गरिन्।

लामो समयदेखि तदर्थ रूपमा सञ्चालन हुँदै आएका नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघलगायत भ्रातृ संस्थाको विधान समयानुकूल परिमार्जन गरी तत्काल महाधिवेशनको दिशामा अघि बढाउनुपर्ने उनको सुझाव थियो।

ग्यास अभाव र किसानका समस्या उठाइन्

देशको समसामयिक अवस्था र जनजीविकाका विषयमा सरकारको तयारी कमजोर रहेको पनि उनले बताइन्।

पूर्वतयारी र भण्डारणको पर्याप्त अध्ययन नगरी १४.२ केजीको सिलिन्डर भर्ने निर्णय गर्दा ग्यास अभावको अवस्था सिर्जना भएको उनको आरोप थियो।

ग्यास आयात र भण्डारण क्षमता दोब्बर बनाउन कूटनीतिक पहल गर्न, विद्युत् खपतमा लगाइएको अतिरिक्त कर हटाउन तथा इन्डक्सन चुलोमा सहुलियत दिन उनले सरकारसँग माग गरिन्।

मुख्य सिजनमा मल अभावका कारण समस्यामा परेका किसानलाई तत्काल अनुदानको मल उपलब्ध गराउन पनि कांग्रेसले सरकारसँग पहल गर्नुपर्ने उनले बताइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Afghanistan Marks Five Years Since Chaotic US Withdrawal

Israeli Minister Calls for Increased Targeted Killings in Gaza

UK Prime Minister Burnham Targeted By AI Impersonator

Democrats and Republicans Criticize Trump Over Reduced Military Drills With South Korea

Somali Army Recaptures Baidoa After Clashes With Rebel Forces

Settler Violence Escalates in West Bank’s Last All-Christian Village

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu