ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय स्थल सेनाध्यक्ष सेठले आज प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ५ : ३५   बजे

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा आइतबार नेपाल आएका सेनाध्यक्ष सेठको दुईदिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँग भेटवार्ता तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मंगलबार स्वदेश फर्किनुअघि उनले प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम छ।

भेटमा नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

राष्ट्रपतिबाट मानार्थ महारथीको दर्ज्यानी

सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्यसचिव गोविन्दबहादुर कार्की, प्रधानसेनापति सिग्देल, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरू, राष्ट्रपति कार्यालय, रक्षा तथा परराष्ट्र मन्त्रालयका सचिवहरू, नेपालका लागि भारतीय राजदूत तथा विभिन्न देशका सैनिक सहचारीहरूको उपस्थिति थियो।

नेपाली सेनासँग सैन्य सहकार्यबारे छलफल

सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देलबीच सोमबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको थियो। भेटका क्रममा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

त्यसअघि सेनाध्यक्ष सेठले सैनिक मञ्च टुँडिखेलस्थित वीर सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै वीर सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

जंगी अड्डामा उनलाई सम्मान गारतसमेत प्रदान गरिएको थियो। उनले जंगी अड्डा परिसरमा वृक्षारोपण गरेका थिए।

नेपाली सेनालाई भारतीय सैन्य तथा स्वास्थ्य सामग्री

नेपाल भ्रमणका क्रममा भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरिएको छ।

यसलाई दुई देशका सेनाबीच कायम रहेको सैन्य सहकार्य र संस्थागत सम्बन्धको निरन्तरताका रूपमा हेरिएको छ।

साँझ प्रधानसेनापति सिग्देलले भारतीय सेनाध्यक्ष सेठको सम्मानमा जंगी अड्डामा रात्रिभोज आयोजना गरेका थिए।

१९५० देखि मानार्थ महारथीको परम्परा

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा सन् १९५० देखि कायम छ।

यसै परम्पराअनुसार भारतीय सेनाध्यक्ष सेठलाई नेपालमा मानार्थ महारथीको सम्मान प्रदान गरिएको हो। यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारत भ्रमणका क्रममा भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका थिए।

सेनाध्यक्ष सेठको प्रधानमन्त्री शाहसँगको भेटसँगै उनको नेपाल भ्रमण औपचारिक रूपमा सम्पन्न हुने र त्यसपछि उनी भारत फर्किने कार्यक्रम रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी प्रभाव कायमै, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देशभर मनसुनी प्रभाव कायमै, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

Trump’s Working-Class Coalition Shows Signs Of Fracture

Trump Administration Surveilled Labor Unions And Nonprofit Groups In Minnesota

अब ७७ वटै जिल्लामा ‘सरकारी कुरियर’ सेवा, घरदैलोमै पुग्न थाले राहदानीदेखि लाइसेन्ससम्म

अमेरिका–इरानको ६० दिने शान्ति सम्झौता सकियो, ट्रम्पको अडान भने नरम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu