ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा सत्ता गठबन्धनमा खटपट : विश्वासको मतअघि नै एमाले–नेकपा आमनेसामने


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ५ : ३५   बजे

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच असन्तुष्टि बढ्दै गएको छ। मन्त्रिपरिषद् विस्तार गरेर मात्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अडानमा रहेको एमालेसँग पर्याप्त परामर्श नगरी विश्वासको मतको प्रस्ताव अघि बढाइएको भन्दै सत्ता गठबन्धनभित्र विवाद देखिएको हो।

मुख्यमन्त्री मंगलबहादुर शाहीले सोमबार प्रदेशसभा सचिवालयमा भदौ ३ गते विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका छन्। प्रदेशसभा नियमावली, २०८१ को नियम १५१ अनुसार प्रस्ताव अघि बढाइएको हो।

तर प्रस्ताव दर्ता गर्नुअघि आफूहरूसँग सामान्य छलफलसमेत नगरिएको एमालेको आरोप छ।

एमालेका प्रदेशसभा प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै भने, “मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गराउनुअघि हामीसँग सामान्य छलफल पनि गर्नुभएन। उक्त विषय हामीले सञ्चारमाध्यमबाट थाहा पायौँ।”

विश्वासको मत कि पहिले मन्त्रालय बाँडफाँट?

कर्णालीको सत्ता समीकरणमा अहिले देखिएको मुख्य विवाद विश्वासको मत लिने समय र मन्त्रिपरिषद् विस्तारको क्रमलाई लिएर हो।

एमालेले मन्त्रिपरिषद् विस्तार गरेर मन्त्रालयको भागबन्डा टुंग्याएपछि मात्रै विश्वासको मत लिनुपर्ने अडान राख्दै आएको छ।

तर नेकपा भने पहिले विश्वासको मत लिएर त्यसपछि मन्त्रिपरिषद् विस्तार तथा मन्त्रालय बाँडफाँट टुंग्याउने पक्षमा देखिएको छ।

नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले भने एमालेसँग परामर्श गरेरै विश्वासको मतको प्रस्ताव दर्ता गरिएको दाबी गरेका छन्।

“एमालेको अडान मन्त्रिपरिषद् विस्तारपछि विश्वासको मत भन्ने थियो। हाम्रो दलले परामर्श गरेरै विश्वासको मत लिने प्रस्ताव दर्ता गराएको हो,”जिसीले भने।

उनका अनुसार विश्वासको मतसम्बन्धी प्रक्रिया टुंगिएपछि मन्त्रालयको भागबन्डालगायत विषयमा छलफल गरेर निष्कर्षमा पुग्ने मुख्यमन्त्री शाहीको तयारी छ।

सत्ता साझेदार एमालेले भने सरकारमा आफ्नो हिस्साबारे स्पष्ट दाबी अघि सारेको छ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता यामलाल कँडेलले भौतिक पूर्वाधार तथा सहरी विकास, आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय एमालेले पाउनुपर्ने अडान राख्दै आएका छन्।

मुख्यमन्त्री पद नेकपाको भागमा परेकाले विकास बजेट, प्रशासनिक प्रभाव र राजनीतिक महत्वका दृष्टिले महत्वपूर्ण मानिने यी मन्त्रालय एमालेको भागमा आउनुपर्ने कँडेल पक्षको तर्क छ।

यस विषयमा सहमति नजुट्दै मुख्यमन्त्रीले विश्वासको मतको प्रक्रिया अघि बढाएपछि एमाले थप असन्तुष्ट बनेको हो।

एमालेले बोलायो संसदीय दलको बैठक

मुख्यमन्त्री शाहीले विश्वासको मतको प्रस्ताव दर्ता गरेपछि एमालेले यस विषयमा औपचारिक छलफल गर्ने तयारी गरेको छ।

एमालेले मंगलबार संसदीय दलको बैठक बोलाएको छ। बैठकमा मुख्यमन्त्रीको पछिल्लो कदम, विश्वासको मतमा पार्टीको भूमिका तथा मन्त्रिपरिषद् विस्तारसम्बन्धी अडानबारे छलफल हुने प्रमुख सचेतक पछाईले बताए।

“भोलि दलका नेता र पार्टीका नेताहरूबीच छलफल होला। त्यसपछि केही निष्कर्ष आउनेछ,” उनले भने।

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँट र प्रक्रियागत विषयमा मतभेद देखिएपछि कर्णालीको सत्ता समीकरणको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ।

विश्वासको मतका लागि एमालेको समर्थन आवश्यक पर्ने अवस्थामा मुख्यमन्त्री शाहीले गठबन्धनको प्रमुख साझेदारसँगको असन्तुष्टि कसरी व्यवस्थापन गर्छन् भन्ने विषय महत्वपूर्ण बनेको छ।

अहिलेको विवाद तत्काल मन्त्रालयको भागबन्डामा सीमित देखिए पनि विश्वासको मत, सरकारको शक्ति सन्तुलन र महत्वपूर्ण मन्त्रालयको नियन्त्रणसँग जोडिएकाले यसको प्रभाव कर्णाली सरकारको आगामी कार्यदिशामा पर्न सक्ने देखिन्छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी प्रभाव कायमै, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

सम्बन्धित

कर्णालीका मुख्यमन्त्री शाहीले भदौ ३ गते विश्वासको मत लिँदै

कर्णालीमा एमाले–नेकपा मन्त्रालय भागबन्डा विवाद, मन्त्रिपरिषद् विस्तार अनिश्चित

भेरीमा खसेको जिपसहित दुई जना अझै बेपत्ता, खोजी पुनः सुरु

कर्णाली प्रदेशसभा बैठक स्थगित, भदौ २ गते बस्ने

कर्णाली करिडोर : विकासको बाटो कि यात्रुको सास्ती र जोखिम?

कर्णालीमा पर्यटन व्यवसायप्रति बढ्दो आकर्षण, ट्राभल एजेन्सी र रिभर गाइड थपिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu