ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीलाई केजरीवालको जवाफ : ‘हो, म दिमागी नक्सल हुँ, किनकि म देशभक्त हुँ’


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ५ : ३५   बजे

काठमाडौं । दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का संयोजक अरविन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘दिमागी नक्सल’ टिप्पणीप्रति कडा प्रतिक्रिया जनाएका छन्।

केजरीवालले सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गर्दै मोदीले प्रयोग गरेको ‘दिमागी नक्सल’ शब्द आफूलाई पनि स्वीकार्य रहेको भन्दै व्यंग्यात्मक शैलीमा जवाफ दिएका हुन्।

“म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु—म अरविन्द केजरीवाल, तपाईंका अनुसार दिमागी नक्सली हुँ, किनकि म देशभक्त हुँ। र मलाई यस कुरामा गर्व छ,” केजरीवालले भने।

‘प्रश्न गर्ने व्यक्ति पनि दिमागी नक्सल?’

केजरीवालले मोदीको अभिव्यक्तिलाई उद्धृत गर्दै सरकारका काममाथि प्रश्न उठाउने र विद्यमान व्यवस्थामा सुधार खोज्ने नागरिकलाई समेत ‘दिमागी नक्सल’को श्रेणीमा राख्न खोजिएको आरोप लगाए।

उनले प्रश्न गरे, देशमा प्रश्न उठाउने हिम्मत गर्ने र खराब व्यवस्था परिवर्तन गर्न चाहने व्यक्ति ‘दिमागी नक्सल’ हो?

त्यसैगरी राम्रो सरकारी विद्यालय र अस्पतालको माग गर्ने, सस्तो तथा भरपर्दो बिजुली र पानी चाहने तथा व्यवस्थित ढल–निकासको अपेक्षा गर्ने नागरिकलाई पनि ‘दिमागी नक्सल’ भन्न खोजिएको हो कि भन्ने प्रश्न उनले उठाए।

केजरीवालले भ्रष्टाचारमुक्त भारतको सपना देख्ने तथा सरकार र भारतीय जनता पार्टी (भाजपा)सँग नडराउने नागरिकलाई समेत मोदीको परिभाषाअनुसार ‘दिमागी नक्सल’ मानिने दाबी गरे।

मोदीले लालकिल्लाबाट के भनेका थिए?

भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा अगस्ट १५ मा लालकिल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ‘नक्सलवाद’को विषय उठाएका थिए।

मोदीले हातहतियार बोकेका नक्सलवादीको प्रभाव घटे पनि ‘दिमागी नक्सल’हरू अवसर खोजिरहेका दाबी गरेका थिए।

उनका अनुसार यस्ता समूहले हिंसा र अराजकताको बाटो खोजिरहेका छन् र उनीहरूलाई पहिचान गरी अलग गर्नुपर्ने आवश्यकता छ।

मोदीको उक्त अभिव्यक्तिपछि भारतमा यसको राजनीतिक अर्थ र प्रयोगलाई लिएर बहस सुरु भएको छ।

विपक्षीको प्रश्न : ‘दिमागी नक्सल’ को अर्थ के?

मोदीको टिप्पणीपछि विपक्षी दल तथा उनका आलोचकहरूले ‘दिमागी नक्सल’ भन्नाले प्रधानमन्त्रीले कस्ता व्यक्ति वा समूहलाई संकेत गरेको हो भन्ने प्रश्न उठाएका छन्।

आलोचकहरूको तर्कमा सरकारका नीति तथा निर्णयमाथि प्रश्न उठाउने युवा, बुद्धिजीवी, अधिकारकर्मी तथा आलोचनात्मक विचार राख्ने नागरिकलाई राजनीतिक रूपमा बदनाम गर्न यस्तो शब्दावली प्रयोग गरिएको हुन सक्ने आरोप छ।

केजरीवालको पछिल्लो प्रतिक्रियाले भने मोदीको अभिव्यक्तिलाई सीधै राजनीतिक चुनौती दिएको छ। उनले आफूलाई ‘दिमागी नक्सल’ भनिए पनि त्यसलाई देशभक्ति, सुशासन र व्यवस्थापरिवर्तनको मागसँग जोडेर स्वीकार गर्ने शैली अपनाएका छन्।

यसले मोदी सरकार र विपक्षीबीच भारतमा शासन, असहमति र राष्ट्रवादको परिभाषालाई लिएर जारी राजनीतिक विवादलाई थप चर्काउने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी प्रभाव कायमै, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित

सम्बन्धित

अमेरिका–इरानको ६० दिने शान्ति सम्झौता सकियो, ट्रम्पको अडान भने नरम

लाल सागरमा साउदी सैन्य जहाजसहित पाँच जहाजमाथि क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

ट्रम्पको ओमानमाथि बमबारीको धम्की, होर्मुज संकटमा कूटनीतिक प्रयास थप जटिल

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

आयभन्दा बढी सम्पत्तिको आरोपमा राहुल गान्धीलाई सर्वोच्च अदालतबाट राहत

दक्षिण कोरियासँगको सैन्य अभ्यासमा भारी कटौती गर्न ट्रम्पको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu