ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्मार्ट टेलिकम लिलामी विवाद : एनआईएमबीएल अध्यक्ष र सीईओको खोजीमा सीआईबी


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ७ : ४५   बजे

काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामीसम्बन्धी विवादमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबीएल) का अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खोजी तथा पक्राउको तयारी थालेको छ।

सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार उनीहरूविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। दुवैजना अदालतको आदेशपछि थुनाबाहिर रहे पनि लामो समयदेखि अनुसन्धान प्रक्रियामा उपस्थित नभएको प्रहरीको दाबी छ।

एनआईएमबीएलले सरकारी स्वामित्वमा गएको स्मार्ट टेलिकमको सम्पत्ति २०८२ असोजमा ४ अर्ब ६० करोड रुपैयाँमा एनसेललाई लिलामी गरेको थियो। स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई नवीकरण दस्तुर र रोयल्टीबापत करिब ३० अर्ब रुपैयाँ तिर्न नसकेपछि २०८० वैशाख ३ गते उसको अनुमतिपत्र स्वतः रद्द भएको थियो।

दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार अनुमतिपत्र रद्द भएका कम्पनीको पूर्वाधार तथा सम्पत्तिमा राज्यको अधिकार रहने व्यवस्था छ। त्यसअनुसार स्मार्ट टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा गएको थियो।

अनुसन्धानका क्रममा सीईओ ज्योतिप्रकाश पाण्डे वैशाख २९ गते सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्कबाट पक्राउ परेका थिए। तर सर्वोच्च अदालतको आदेशपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको थियो।

अध्यक्ष पृथ्वीबहादुर पाँडे भने पक्राउको सम्भावना भएपछि साउन २१ गते सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर थुनाबाहिर रहेको प्रहरीले जनाएको छ।

सीआईबी प्रमुख चतुर्वेदीका अनुसार सीईओ पाण्डेलाई आवश्यक प्रक्रिया पूरा गरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिएर अदालतमा बुझाउने तयारी छ। अध्यक्ष पाँडेको हकमा भने प्रहरी कानुनी परामर्शमा रहेको छ।

प्रहरीका अनुसार अदालतबाट अनुसन्धानमा सहयोग गर्ने सुविधा पाए पनि दुवैजना लामो समयदेखि अनुसन्धान प्रक्रियामा उपस्थित नभएकाले उनीहरूको खोजी तथा पक्राउ प्रक्रिया अघि बढाइएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

UK’s Burnham Faces First Parliament Grilling, Vows to ‘Bring Back Hope’

$40 Trillion Debt: Not the Real Threat

Spiking Bond Yields Benefit Wealthy at Expense of Borrowers

Trump’s Oil Deal Gives US Control Over Venezuela’s Riches

Will AI Destroy the Meritocracy?

Search and Rescue Intensified in Nepal’s Flood-Hit Rasuwa

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu