ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार किशोर श्रेष्ठलाई फेरि पक्राउ गर्ने प्रहरीको प्रयास, अदालतले भन्यो– ‘कागजात पुगेन’


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ७ : ४५   बजे

काठमाडौं । सर्वोच्च अदालतको आदेशमा सोमबार रिहा भएका पत्रकार किशोर श्रेष्ठलाई पुनः पक्राउ गर्न प्रहरीले प्रक्रिया अघि बढाएको छ। तर ललितपुर जिल्ला अदालतले भने पक्राउ अनुमति जारी गर्न आवश्यक कागजात नपुगेको भन्दै प्रहरीको माग फिर्ता गरिदिएको छ।

सर्वोच्च अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको दिन नै प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पुनः पक्राउ गर्न प्रक्रिया अघि बढाएको हो।

ललितपुर प्रहरीले सोमबार नै जिल्ला अदालतबाट पक्राउ पूर्जी लिन प्रयास गरेको थियो। पक्राउ अनुमति माग गर्दै म्याद थपसम्बन्धी फाइल न्यायाधीश केदार पौडेलको इजलासमा पेस गरिएको थियो। तर अदालतबाट फाइल फिर्ता भएको थियो।

अदालतले सर्वोच्च अदालतमा विचाराधीन बन्दी प्रत्यक्षीकरणको मुद्दाको आदेश आउन बाँकी रहेकाले त्यसपछि मात्र आवश्यक प्रक्रिया अघि बढाउन संकेत गरेको थियो। त्यसै दिन सर्वोच्च अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशमा समाचार लेखेको विषयलाई आधार बनाएर पत्रकारलाई पक्राउ गर्न नमिल्ने स्पष्ट गरिएको थियो। त्यसपछि पुनः सोही विषयसँग सम्बन्धित जाहेरीका आधारमा पक्राउ पूर्जी माग गरिएकाले अदालतले आवश्यक कागजात र कानुनी आधारबारे थप स्पष्टता खोजेको देखिएको छ।

अदालतले माग्यो थप कागजात

ललितपुर जिल्ला अदालतका प्रवक्ता टिकाध्वज कार्कीले श्रेष्ठलाई पक्राउ गर्न प्रहरीबाट अनुमति मागिएको पुष्टि गरेका छन्।

उनका अनुसार पक्राउ पूर्जी जारी गर्न आवश्यक कागजात पूरा नभएकाले प्रहरीलाई थप कागजात पेस गर्न भनिएको छ।

‘हामीले थप कागजात ल्याउन भनेका छौँ। त्यो आएपछि पक्राउ पूर्जी जारी गर्ने वा नगर्ने निर्णय हुन्छ,’ उनले भने।

यससँगै श्रेष्ठलाई पुनः पक्राउ गर्ने प्रहरीको तत्काल प्रयास सफल हुन सकेको छैन।

यता जिल्ला प्रहरी परिसर ललितपुर स्रोतले भने पक्राउ पूर्जीका लागि आवश्यक कागजात जुटाउने प्रक्रिया चलिरहेको जनाएको छ। स्रोतका अनुसार कागजात तयार भएपछि पुनः अदालतमा पक्राउ अनुमतिका लागि जाने तयारी छ।

सर्वोच्चको आदेशपछि पुनः पक्राउको प्रयास

श्रेष्ठलाई समाचार लेखेको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि उनको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो।

सर्वोच्चले सोमबार उनलाई रिहा गर्न आदेश दिएको थियो। अदालतले पत्रकारले समाचार सम्प्रेषण गरेको विषयलाई मात्र आधार बनाएर पक्राउ गर्नु उचित नहुने निष्कर्षसहित श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

तर सर्वोच्चको आदेशपछि नै उपसभामुख ठाकुरले श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको हो।

प्रहरीले उक्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने र आवश्यक परे पक्राउ गर्ने प्रक्रिया थालेको छ। यद्यपि पक्राउ पूर्जीका लागि अदालतमा पेस गरिएका कागजात पर्याप्त नभएको भन्दै फिर्ता भएपछि अहिले प्रहरी थप प्रमाण तथा कागजात जुटाउने अवस्थामा पुगेको छ।

कानुनी आधारमाथि पनि प्रश्न

एउटै घटनाक्रममा सर्वोच्च अदालतबाट रिहाइको आदेश भएको केही घण्टामै नयाँ जाहेरीका आधारमा पुनः पक्राउको प्रक्रिया अघि बढेपछि पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता र पक्राउको कानुनी आधारबारे बहससमेत चर्किएको छ।

अदालतले तत्काल पक्राउ अनुमति नदिएर थप कागजात मागेपछि अब प्रहरीले नयाँ जाहेरीमा उल्लेख गरिएका आरोप पुष्टि गर्ने आधार तथा श्रेष्ठलाई पक्राउ गर्नुपर्ने कानुनी आवश्यकता अदालतसमक्ष स्पष्ट गर्नुपर्ने भएको छ।

अब प्रहरीले थप कागजातसहित पुनः पक्राउ अनुमति माग्छ वा अनुसन्धानका लागि अन्य कानुनी प्रक्रिया अपनाउँछ भन्ने विषयले श्रेष्ठ प्रकरणको आगामी दिशा तय गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लघुवित्त पीडितलाई भेट्न माइतीघर पुगिन् पूर्वराष्ट्रपति भण्डारी

कांग्रेसभित्रको विवादबीच देउवाको सक्रियता, एकता कायम गर्न संवाद र सहकार्य 

सम्बन्धित

बाढीले पुल बगाएपछि तुइनको सहारामा स्थानीयवासी

आशिकाको व्यवहारप्रति रास्वपाकै सांसदको आपत्ति, आचरण सच्याउन सुझाव

स्याङ्जामा साउनमा २४ अपराधका मुद्दा दर्ता, १९ जना पक्राउ

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त

नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu