ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास ६ दिन छोट्यायो


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : ४५   बजे

काठमाडौं । दक्षिण कोरियाले अमेरिकाको अनुरोधमा अमेरिकासँगको वार्षिक संयुक्त सैन्य अभ्यास ‘उल्छी फ्रिडम सिल्ड’को अवधि ६ दिन छोट्याएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार सन् २०२६ को अभ्यासको अवधि र आकार अमेरिकाको प्रस्तावपछि समायोजन गरिएको हो। यसअघि अगस्ट २७ सम्म सञ्चालन हुने भनिएको अभ्यास अब अगस्ट २१ मै समाप्त हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउँदै दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यास कटौती गर्ने योजना सार्वजनिक गरेपछि अभ्यासको अवधि घटाइएको हो ।

दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनले संसदीय सुनुवाइका क्रममा ट्रम्पको उक्त योजनाबारे दक्षिण कोरियाली वा अमेरिकी अधिकारीहरूलाई पूर्वजानकारी नभएको बताएका छन् ।

अभ्यासअन्तर्गत हुने संयुक्त स्थलगत तालिमको हिस्सा पनि केही घटाइने दक्षिण कोरियाले जनाएको छ। यद्यपि, त्यसको विस्तृत विवरणबारे अझै छलफल भइरहेको छ ।

अभ्यासको अवधि र आकार घटाउने निर्णयले अमेरिका–दक्षिण कोरिया सुरक्षा सम्बन्ध तथा आवश्यक परेका बेला सहयोग गर्ने अमेरिकी प्रतिबद्धतामाथि दक्षिण कोरियाको विश्वासबारे प्रश्न उठाएको बीबीसीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

भेनेजुएला सरकारद्वारा मदुरोलाई बिर्सिएको विपक्षीको आरोप

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

इरानको चेतावनी : ‘अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुक अमेरिकाको हमलामा सहभागी मानिनेछ’

इरानको सैन्य भण्डार पुनःभर्न रुसले गोप्य मार्गबाट हतियार पठाउँदै

भारतमा ‘इनर्जी ड्रिंक’को लेबल हटाउने समयसीमा बढाउन उद्योगको माग अस्वीकार

रुसी सैन्य केन्द्रमा बेलायती ड्रोन प्रयोग भएको दाबी, बेलायतलाई ‘परिणाम भोग्नुपर्ने’ चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu