ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको सैन्य भण्डार पुनःभर्न रुसले गोप्य मार्गबाट हतियार पठाउँदै


ABC NEWS
३ भदौ २०८३, बुधबार   १० : ४५   बजे

काठमाडौँ । रुसले गोप्य समुद्री मार्ग प्रयोग गर्दै इरानको सैन्य भण्डार पुनःभर्न सहयोग गरिरहेको दाबी गरिएको छ । एनबीसी न्युजका अनुसार रुसले क्यास्पियन सागरको मार्ग हुँदै इरानलाई टीएनटी विस्फोटक, ड्रोनका पार्टपुर्जा र गोलाबारुद पठाइरहेको छ ।

एक युरोपेली सरकारको दस्तावेजलाई उद्धृत गर्दै समाचारमा भू–उपग्रह तस्बिरले ब्यालिस्टिक मिसाइल निर्माणमा प्रयोग हुने केही पार्टपुर्जासमेत इरान पठाइएको हुन सक्ने देखाएको उल्लेख छ । अमेरिका र इजरायलसँगको पछिल्लो युद्धका क्रममा इरानको सैन्य भण्डारमा ठूलो कमी आएको बताइएको छ ।

रुसले सैन्य सामग्री ओसारपसारका लागि क्यास्पियन सागरको समुद्री मार्ग प्रयोग गरिरहेको दाबी गरिएको छ । क्यास्पियन सागर रुस, इरान, काजाकिस्तान, तुर्कमेनिस्तान र अजरबैजानसँग जोडिएको छ ।

समाचारअनुसार यो मार्ग पश्चिमी मुलुकको निगरानीबाट बच्न तुलनात्मक रूपमा सहज मानिन्छ । क्यास्पियन सागरबाट सञ्चालन हुने केही जहाजले ट्रयाकिङ प्रणाली बन्द गर्न सक्ने भएकाले तिनको आवतजावत निगरानी गर्न कठिन हुने बताइएको छ ।

क्यास्पियन सागर रुस र इरानबीच सैन्य तथा रणनीतिक सामग्री ओसारपसारका लागि सुरक्षित ‘ब्याकडोर’ का रूपमा प्रयोग भइरहेको दाबी गरिएको छ । यसले दुवै मुलुकलाई अन्तर्राष्ट्रिय प्रतिबन्ध र पश्चिमी निगरानीबाट जोगिँदै सामग्री आदानप्रदान गर्न सहज बनाउने बताइएको छ ।

यसअघि युक्रेन युद्धका क्रममा इरानले रुसलाई ‘शाहेद’ ड्रोन उपलब्ध गराएको थियो । अहिले भने रुसले इरानको कमजोर बनेको सैन्य भण्डार पुनःभर्न सहयोग गरिरहेको समाचारमा उल्लेख छ ।

इजरायलले यसअघि इरानका महत्वपूर्ण बन्दरगाह तथा सैन्य आपूर्ति सञ्जाललाई लक्षित गर्दै आक्रमण गरेको थियो । ‘द टाइम्स अफ इजरायल’का अनुसार इजरायली आक्रमणमा बन्दर अञ्जली बन्दरगाहका केही संरचना तथा इरानी नौसेनासँग सम्बन्धित स्थानमा क्षति पुगेको थियो । उक्त बन्दरगाह इरानसम्म सैन्य सामग्री पुर्‍याउने समुद्री सञ्जालको हिस्सा रहेको बताइएको छ ।

चीनबाट पनि मिसाइलका पार्टपुर्जा

इरानले ब्यालिस्टिक मिसाइल उत्पादनका लागि रुस र चीनमा निर्मित पार्टपुर्जाको प्रयोग बढाइरहेको दाबी गरिएको छ । इरानको रक्षा मन्त्रालय तथा सशस्त्र बलसँग सम्बन्धित लजिस्टिक संस्थाले उत्पादन गर्ने मिसाइलमा यस्ता सामग्री प्रयोग भइरहेको बताइएको छ ।

विशेषगरी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको एरोस्पेस फोर्ससँग सम्बन्धित कार्यक्रमहरूमा रुसी तथा चिनियाँ पार्टपुर्जाको प्रयोग भइरहेको समाचारमा उल्लेख छ ।

पश्चिमी मुलुकमाथिको निर्भरता घटाउँदै रुस र चीनसँग सैन्य तथा प्राविधिक सहकार्य विस्तार गर्ने इरानको रणनीतिको यो हिस्सा भएको बताइएको छ ।

चीनले इरानलाई बेइदौ नेभिगेसन प्रणाली, राडार तथा निगरानी प्रविधि र ठोस इन्धनयुक्त मिसाइल उत्पादनमा प्रयोग हुने सामग्रीलगायत सहयोग उपलब्ध गराइरहेको दाबी गरिएको छ ।

त्यस्तै, रुसले इरानलाई भू–उपग्रहबाट प्राप्त तस्बिरसमेत उपलब्ध गराइरहेको समाचारमा उल्लेख छ । यसबाट इरानी सेनालाई सैन्य संरचनाको निगरानी तथा सम्भावित आक्रमणका लागि लक्ष्य पहिचान गर्न सहयोग पुग्न सक्ने बताइएको छ ।

रुस र इरानले यी सामग्रीको आपूर्तिबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन् । रुसले यसअघि पनि इरानलाई सैन्य सामग्री उपलब्ध गराएको भन्ने समाचार अस्वीकार गर्दै आएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि लामिछानेले बोलाए रास्वपा सांसद र मन्त्रीको बैठक

दूरसञ्चार सेवा प्रदायकले कानुन पूर्ण पालना गर्नुपर्छ : मन्त्री तिमिल्सिना

सम्बन्धित

भारतमा ‘इनर्जी ड्रिंक’को लेबल हटाउने समयसीमा बढाउन उद्योगको माग अस्वीकार

रुसी सैन्य केन्द्रमा बेलायती ड्रोन प्रयोग भएको दाबी, बेलायतलाई ‘परिणाम भोग्नुपर्ने’ चेतावनी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

उपचारका लागि इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश

इरानसँगको वार्ता रोक्न ट्रम्पको निर्देशन, होर्मुजलाई लिएर विवाद चर्कियो

दिल्लीका पूर्वमन्त्री सत्येन्द्र जैन भ्रष्टाचार आरोपमा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu