ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएला सरकारद्वारा मदुरोलाई बिर्सिएको विपक्षीको आरोप


ABC NEWS
३ भदौ २०८३, बुधबार   ४ : ४५   बजे

वासिङ्टन डीसी । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोको रिहाइका लागि यसअघि आवाज उठाउँदै आएको सरकार अहिले भने उनलाई बिर्सिएको जस्तो देखिएको विपक्षी नेताहरूले बताएका छन् ।

गत जनवरीमा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गर्ने अमेरिकी कदमलाई ‘घिनलाग्दो आक्रमण’ भन्दै मदुरोको रिहाइ माग गरेकी थिइन् । त्यतिबेला भेनेजुएलाका सभामुख होर्खे रोड्रिगेजले पनि मदुरो रिहा नभएसम्म आफूहरू विश्राम नलिने बताएका थिए ।

तर, पछिल्लो समय सरकार र विपक्षीबीच भएको वार्तामा मदुरोको रिहाइको विषय नै नउठेको बताइएको छ । फाइनान्सियल टाइम्सले एक विपक्षी नेतालाई उद्धृत गर्दै वार्तामा मदुरो र फ्लोरेसको विषय उल्लेख नभएको र सरकारले उनीहरूलाई इतिहासबाटै मेटाएजस्तो देखिएको जनाएको छ ।

अमेरिकी कमान्डोहरूले जनवरी ३ मा मदुरोलाई पक्राउ गरी अमेरिका लगेका थिए । हाल उनी अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिन जेलमा छन् । उनीमाथि लागुऔषध तस्करीसम्बन्धी अभियोग लगाइएको छ ।

मदुरो पक्राउ परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले रोड्रिगेज नेतृत्वको सरकारलाई मान्यता दिएको बताइएको छ । त्यसको बदलामा रोड्रिगेज सरकारले अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा पहुँच दिएको उल्लेख गरिएको छ ।

भेनेजुएलाका विश्लेषक एडवर्ड रोड्रिगेजले मदुरोको भविष्य लगभग तय भइसकेको दाबी गरेका छन् । उनका अनुसार सरकारको अहिलेको मुख्य प्राथमिकता आफ्नो अस्तित्व जोगाउनु रहेको छ ।

सरकार र विपक्षीबीच हालै भएको दुई साताको वार्तामा नयाँ राष्ट्रपतीय निर्वाचन गराउने विषयसमेत उठेको थियो । तर, त्यसमा उल्लेखनीय प्रगति हुन सकेन । वार्ताको मुख्य ध्यान जुनमा गएको भूकम्पपछि राहतका लागि आवश्यक रकम जुटाउन बैंक अफ इंग्ल्यान्डमा रहेको करिब ४ अर्ब डलर बराबरको सुन फुकुवा गर्ने विषयमा केन्द्रित भएको बताइएको छ ।

वार्तापछि सरकारले १३१ जना राजनीतिक बन्दीलाई रिहा गरेको छ ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

चीनको ठूलो अन्तरिक्ष उपलब्धि : जुक्वे–३ रकेटको पहिलो चरण जमिनमै सफल अवतरण

दक्षिण कोरियाले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास ६ दिन छोट्यायो

इरानको चेतावनी : ‘अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुक अमेरिकाको हमलामा सहभागी मानिनेछ’

इरानको सैन्य भण्डार पुनःभर्न रुसले गोप्य मार्गबाट हतियार पठाउँदै

भारतमा ‘इनर्जी ड्रिंक’को लेबल हटाउने समयसीमा बढाउन उद्योगको माग अस्वीकार

रुसी सैन्य केन्द्रमा बेलायती ड्रोन प्रयोग भएको दाबी, बेलायतलाई ‘परिणाम भोग्नुपर्ने’ चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu