ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन र मन्त्रीबीच कार्यसम्पादन सम्झौता, अब लक्ष्यअनुसार कामको अनुगमन


ABC NEWS
३ भदौ २०८३, बुधबार   ९ : १५   बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको छ। सम्झौतामार्फत प्रत्येक मन्त्रालयले वर्षभरि सम्पन्न गर्ने प्रमुख काम, अपेक्षित उपलब्धि र प्राथमिकताका कार्यक्रमलाई लक्ष्यका रूपमा तय गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रीबीच भएको सम्झौतामा सम्बन्धित मन्त्रालयका मुख्य कार्यक्रम, कार्यान्वयनको लक्ष्य र अपेक्षित परिणाम समेटिएका छन्। मन्त्रीहरूले आफ्नो कार्यक्षेत्रभित्रका प्राथमिकता प्राप्त कार्यक्रम तोकिएको समयभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

सचिवको प्रस्तावका आधारमा सम्झौता

कार्यसम्पादन सम्झौताको तयारी मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकबाट सुरु भएको थियो। बैठकले चालु आर्थिक वर्षमा मन्त्रालयगत कामलाई लक्ष्यमा आधारित बनाउन मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने निर्णय गरेको थियो।

सोहीअनुसार सम्बन्धित मन्त्रीसँगको परामर्शपछि मन्त्रालयका सचिवहरूले कार्यसम्पादन सम्झौताको मस्यौदा तयार गरेका थिए। मस्यौदा प्रधानमन्त्रीसमक्ष पेस भएपछि त्यसलाई अन्तिम रूप दिइएको हो।

प्रधानमन्त्री शाहले बुधबार सम्बन्धित मन्त्रीहरूसँग तयार गरिएका सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरेका छन्।

लक्ष्यअनुसार काम गर्ने प्रतिबद्धता

कार्यसम्पादन सम्झौताले सरकारका प्राथमिकता र मन्त्रालयका कामलाई स्पष्ट लक्ष्यमा बाँध्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार मन्त्रीहरूले आफ्नो मन्त्रालयअन्तर्गतका प्राथमिकताका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेछ। यसबाट सरकारका घोषणा तथा नीतिगत निर्णय कार्यान्वयनमा गति आउने र मन्त्रालयहरूको कामलाई परिणामसँग जोड्न सहयोग पुग्ने सरकारको अपेक्षा छ।

प्रधानमन्त्री कार्यालयले गर्ने अनुगमन

प्रधानमन्त्रीको सचिवालयले प्रेस विज्ञप्तिमार्फत कार्यसम्पादन सम्झौता सम्पन्न भएको जानकारी दिएको छ।

सम्झौता कार्यान्वयनसँगै अब मन्त्रीहरूले निर्धारित कार्ययोजनाअनुसार काम अघि बढाउनेछन्। मन्त्रालयहरूले तय गरेका लक्ष्य र उपलब्धिको अवस्थाबारे प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयबाट अनुगमन गरिने जनाइएको छ।

कार्यसम्पादन सम्झौतामार्फत ‘काम गर्ने प्रतिबद्धता’लाई लिखित लक्ष्यमा रूपान्तरण गर्दै त्यसको परिणामका आधारमा सरकारका मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन गर्ने आधार तयार भएको सरकारको बुझाइ छ।

यसले मन्त्रालयगत जिम्मेवारी, समयसीमा र अपेक्षित उपलब्धिलाई स्पष्ट पार्दै सरकारको समग्र कार्यसम्पादनलाई थप परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Chinese Cities Turn to River Water and Underground Systems for Sustainable Cooling

China Outlines Plans for Next-Generation Networks, Addresses Business Payments

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

China Disputes US Claim of Wrongful Detention of Myanmar Analyst

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu