काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सिंहदरबारमा आफू र अख्तियारका कर्मचारीलाई थुनेर प्रधानमन्त्रीको सचिवालयबाट दबाब दिइएको विषयमा स्पष्टीकरण दिएका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सिंहदरबारमा आफू र अख्तियारका कर्मचारीलाई थुनेर प्रधानमन्त्रीको सचिवालयबाट दबाब दिइएको विषयमा स्पष्टीकरण दिएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सिंहदरबारमै अख्तियार प्रमुख राईसहितका कर्मचारीलाई थुनेर प्रधानमन्त्रीका सचिवालय सदस्यहरूले दबाब दिएको विषयमा प्रश्न उठाएका थिए।
सांसदहरूको प्रश्नको जवाफ दिँदै राईले राहदानीसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफलका लागि बोलाउन सक्ने बताए। प्रधानमन्त्रीले उक्त विषयलाई अघि बढाउन तीव्रता दिन भनेपछि आफूहरूले सोहीअनुसार प्रक्रिया अघि बढाएको उनको भनाइ थियो।
‘हामी गयौँ, छलफल गर्यौँ। हेरेर यसलाई लगिदिए हुन्थ्यो, तीव्रता दिइदिए हुन्थ्यो भन्नुभयो,’ राईले भने, ‘त्यसैले हामीले मुद्दा पनि लग्यौँ। मुद्दा दर्ता भइसकेको छ। अभियोजन भइसकेको हुनाले वेबसाइटमै हेर्न पाइन्छ। हेरे हुन्छ।’
राईले उक्त विषयमा आफू धेरै प्रवेश गर्न नचाहेको पनि बताए।
राहदानीसम्बन्धी विषयमा अख्तियारले अनुसन्धान अघि बढाएर मुद्दा दर्ता तथा अभियोजन गरिसकेको जानकारी दिँदै उनले त्यससम्बन्धी विवरण आयोगको वेबसाइटमा समेत उपलब्ध रहेको बताए।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्